१५ बर्ष कैद र रु. ५,००,०००।– जरिवाना तोकेको लागुऔषध (ब्राउन सुगर) मुद्दाको फरार प्रतिबादी पक्राउ ।
२०८२-०४-१२
- A
- A-
- A+
सुर्खेत ,
मिति
२०८२।०४।१२ गते अन्दाजि ११:०० बजेको समयमा जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका
वडा नं. ८ नगरपालिकाको कार्यालय नजिक बाट कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेत
र जिल्ला प्रहरी कार्यालय, सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले सम्मानित उच्च
अदालत तुल्सिपुर, दाङको मिति २०८०।०३।०५ गतेको फैसला आदेशले १५ बर्ष कैद र रु. ५,००,०००।– (पाँच
लाख मात्र) जरिवाना तोकेको लागुऔषध (ब्राउन सुगर) मुद्दाको फरार प्रदिबादी जिल्ला
सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ बस्ने बर्ष ४२ को लक्ष्माण सापकोटालाई पक्राउ
गरि उल्लेखित कैद र जरिवाना असुल उपरको लागी जिल्ला
प्रहरी कार्यालय, सुर्खेत मार्फत सम्मानित सुर्खेत जिल्ला अदालत, सुर्खेतमा बुझाइएको
।