लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८२-०४-०९
- A
- A-
- A+
सुर्खेत ,
मिति २०८२।०४।०८ गते
अन्दाजि २०:५० बजेको समयमा जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. ०४
एरीचोक नजिक जिल्ला प्रहरि कार्यालय, सुर्खेत र लागुऔषध नियन्त्रण शाखा कार्यालय,
सुर्खेतबाट खटिएका संयुक्त प्रहरी टोलीले गोप्य सूचनाको आधारमा चेकजाँच
गर्दा जिल्ला सुर्खेत विरेन्द्रनगर नगरपालिका वडा नं. ३ बस्ने बर्ष २१ को ध्वनिल
मल्लको साथबाट नाईट्राजेपाम ११ पत्तामा ९५ वटा ट्याव्लेट र जिल्ला सुर्खेत
विरेन्द्रनगर नगरपालिका वडा नं. ०४ बस्ने बर्ष २९ को कमल कार्कीको साथबाट
नाईट्राजेपाम १५ पत्तामा १४८ गरी जम्मा २६ पत्तामा २४३ ट्याव्लेट सहित निजहरुलाई
नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।