लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८२-०४-०६
- A
- A-
- A+
सुर्खेत,
मिति २०८२/०४/०५ गते जिल्ला सुर्खेत गुर्भाकोट नगरपालिका वडा नं. ०८ मेहेलकुना बजार स्थित प्रहरी चौकी मेहेलकुना सुर्खेतबाट खटिएको प्रहरी टोलिले जिल्ला सुर्खेत गुर्भाकोट नगरपालिका वडा नं. ०७ बस्ने वर्ष २६ को अविशेक बादी र ऐ. नगरपालिका वडा नं. ०८ मेहलकुना बस्ने वर्ष २७ को सोमराज पाण्डेलाई शंका लागि चेकजाँच गर्दा अविशेक बादीको साथबाट लागु औषध ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ १ पुरिया नापतौल गर्दा शुद्ध तौल १५० मिलिग्राम र सोमराज पाण्डेको घरको सुत्ने कोठा बाट लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ ७ पुरिया नापतौल गर्दा शुद्ध तौल ५०० मिलिग्राम र Medley (Restorage) ट्याब्लेट - १२ वटा, Spasmo -५ वटा ट्याब्लेट, Nitcor-10 - ५ वटा ट्याबलेट सहित निजहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।