लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८२-०४-०६
- A
- A-
- A+
सुर्खेत,
मिति २०८२/०४/०५ गते गोप्य सूचनाको आधारमा इलाका प्रहरी
कार्यालय छिन्चु, सुर्खेतबाट खटिएको प्रहरी टोलीले जिल्ला सुर्खेत गुर्भाकोट नगरपालिका वडा
नं. १४ स्थित भर्लेनी बस्ने बर्ष ३४ को टोपेन्द्र घर्तीको घरको सुत्ने कोठामा
खानतलासी गर्दा लुकाई छिपाई राखेको लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो
पदार्थ प्लाष्टिकमा राखेको नापतौल गर्दा शुद्ध तौल १५० मिलिग्राम सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।