लागुऔषध, पेस्तोल लगायतका हातहतियार र ओखेटोपहार सहित २ जना मानिस नियन्त्रणमा ।
२०८२-०४-०२
- A
- A-
- A+

सुर्खेत ,
मिती २०८२।०४।०१ गते जिल्ला सुर्खेत बिरेन्द्रनगर
नगरपालिकाका वडा नं. ८ स्थित वडा एरियामा ठुलो मात्रामा लागुऔषध तथा हतियार रहेको
भनि प्राप्त सुचनाको आधारमा जिल्ला प्रहरी
कार्यालय, सुर्खेतबाट खटिएको प्रहरी टोली अन्दाजी २१:०० बजेको समयमा जिल्ला
सुर्खेत वीरेन्द्रनगर नगरपालीका वडा नं ८ कृष्णमन्दिर स्थित ऐ.ऐ. बस्ने वर्ष अन्दाजी
२३ को बिधान शाहीको घरमा निज बिधान शाही र ऐ.ऐ.बस्ने बर्ष २२ को आदित्य घिमिरेलाई शंकास्पद अवस्थामा फेलापारी निज
बिधान शाहीको घर कोठाको खानतलासी गर्दा उक्त कोठामा लुकाइ छिपाइ राखेको निम्न सामानहरू
बरामद निजहरुलाई समेत पक्राउ गरी थप अनुसन्धान भई रहेको ।
बरामद सामान
·
Type
77 पेस्तोल थान - १
·
सो पेस्तोलमा लाग्ने म्यग्जिन थान
- २
·
गोली राउण्ड – १२
·
नाईनस्टिक थान - १
·
विभिन्न घरेलु हातहतियार तथा खरखजाना थान - ११
·
Tramadol जस्तो देखिने प्रति पत्तामा १० Tablet
का दरले ८९ पत्ता र १ पत्तामा ९ Tablet गरी जम्मा - ८९९ वटा Tablet
·
Nitrazepam जस्तो देखिने प्रति पत्तामा १० Tablet
का दरले ३६ पत्ता र १ पत्ता मा ९ Tablet गरी जम्मा - ३६९ वटा Tablet
·
Nictor जस्तो देखिने प्रति पत्तामा १० Tablet
का दरले ३ पत्ता गरी जम्मा - ३० वटा Tablet
·
SPASMO जस्तो देखिने प्रति पत्तामा ८ Tablet
का दरले १६ पत्ता गरी जम्मा
- १२८ वटा Tablet
·
वन्यजन्तु जरायोको जस्तो
देखिने ओखेटोपहार (सिङ्ग) थान - १