नक्कली(खोटा) नोट १२९३ थान नेपाली रूपैयाँ १२ लाख त्रिनब्ये हजार मात्र (१३ लाख बराबर) को नोट र लागुऔषध (अफिम जस्तो देखिने पोका) थान २६ जम्मा तौल ३० के.जी. ६७२ ग्राम बरामद सहित ४ पुरूष १ महिला नियन्त्रणमा
२०८२-०३-३१
- A
- A-
- A+

सुर्खेत
·
मिति २०८२।०३।३० गते अन्दाजी १३:३० बजेको समयमा जिल्ला सुर्खेत
वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० शान्ति टोल स्थित जिल्ला जाजरकोट कुशे
गाउँपालिका वडा नम्बर ५ बस्ने वर्ष अन्दाजी २२ की दिलमाया सिंह ठकुरीले
खोटा मुद्रा चलाउने गरेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय
सुर्खेतबाट खटिएको प्रहरी टोली उक्त स्थानमा जाँदा दिलमाया सिंह ठकुरीको
साथबाट खोटा मुद्रा नेपाली रू. १००० दरका ६ थान रू. ६,०००/-( अक्षेरूपी छ हजार
मात्र) साथमा फेलापरी फेला पारी निजलाई नियन्त्रण बरामद गरेको ।
· मिति २०८२।०३।३० गते अन्दाजी १८:००
बजेको समयमा जाली नोट सम्बन्धी थप
अनुसन्धान क्रममा जिल्ला जाजरकोट कुशे गाउँपालिका
वडा नम्बर ०५ खुर्पा बस्ने वर्ष अन्दाजी ३३ को राम बहादुर सिंह तथा निज दिलमाया
सिंह ठकुरीको डेरा कोठाबाट लुकाई छिपाई राखेको अवस्थामा नेपाली रू १००० दरका १२३६
जम्मा नेपाली रू. १२,३६०००/- ( अक्षेरूपी बाह्र लाख छत्तीस हजार मात्र) बरामद
गरेको ।
· मिति २०८२।०३।३० गते अन्दाजी २२:०० बजे
उक्त जाली नोट कसुरमा सङ्लग्न व्यक्तिको पक्राउ
तथा थप अनुसन्धान गर्दै जाने
क्रममा जिल्ला जाजरकोट कुशे गाउँपालिका वडा नम्बर ७
समकोट गमौडी घर भई हाल जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका वडा नम्बर १२
ठकुरी टोल स्थित डेरा गरी बस्ने वर्ष ३५ को कृष्ण बहादुर वली, ऐ.ऐ. बस्ने वर्ष ३८ को
प्रेम बहादुर बि.कलाई फेला पारी रीतपूर्वक निजहरूको डेरा कोठा तथा शरीर
खानतलासी गर्दा निजहरूको लुकाई छिपाई राखेको कालो झोला भित्र अफिम जस्तो देखिने
गिलो पदार्थ पोका ११ (एघार) जम्मा नाप तौल गर्दा शुद्ध ११ (एघार) किलोग्राम ३७२
मिलिग्राम फेलापारी बरामद गरी निजहरूलाई समेत नियन्त्रणमा लिएको ।
· मिति २०८२।०३।३१ गते अन्दाजी ०८:३० बजेको
समयमा लागुऔषध (अफिम) तथा जाली नोट कसुरको थप अनुसन्धान गर्ने क्रममा जिल्ला
प्रहरी कार्यालय, सुर्खेत तथा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी
टोलीले नक्कली नोटको कारोबार गर्ने नोट बनाउने तथा उक्त नोट बनाउने सामान समेतको
कार्य गर्ने जिल्ला कालिकोट नरहरीनाथ गाउँपालिका वडा नम्बर ४ घर भई हाल जिल्ला
बाँके कोहलपुर नगरपालिका वडा नम्बर ११ न्युरोडमा जनगर्जन नेटवर्क प्रा.लि. नामक
मिडिया सञ्चालन गरी बस्ने वर्ष अन्दाजी ३४ को मन बहादुर सहकारीलाई नियन्त्रणमा लिई
निजले सञ्चालन गरेको मिडिया हाउस तथा निज बस्ने घरकोठा खानतलासी गर्दा निजको
कोठाबाट नेपाली रू. १०००।-(एक हजार) दरका नक्कली नोटहरू ५१ थान नेपाली रू. ५१,०००।-( अक्षरूपी एकाउन्न
हजार) फेला
परेको र प्लाष्टिकमा पोका बनाई राखेका १५ पोकामा १९ (उन्नाईस) के.जी. ३०० (तीन
सय) ग्राम लागूऔषध अफिम जस्तो देखिने गिलो पदार्थ फेला परेको साथै नक्कली नोट बनाउन
प्रयोग गरिएको Canon प्रिन्टर थान-१, HITECH लेखिएको CPU थान १, Zillion Tec लेखिएको Monitor थान १, Key
Board थान-१, माउस थान-१, कार्डडिटर र चिप्स मेमोरी थान-१, Canon क्यामेरा थान-१ समेत फेला पारी
बरामद गरीएको ।
पक्राउ प्रतिवादीः-
१. जिल्ला जाजरकोट कुशे गाउँपालिका वडा नम्बर
५ बस्ने वर्ष अन्दाजी २२ की दिलमाया सिंह ठकुरी
२. जिल्ला
जाजरकोट कुशे गाउँपालिका वडा ०५ खुर्पा बस्ने वर्ष अन्दाजी ३३ को राम बहादुर सिंह
३.
जिल्ला जाजरकोट कुशे गाउँपालिका ७ समकोट
गमौडी घर भइ हाल जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका वडा नम्बर १२ ठकुरी टोल स्थित
डेरा गरी बस्ने वर्ष ३५ को कृष्ण बहादुर वली
४. जिल्ला
जाजरकोट कुशे गाउँपालिका ७ समकोट गमौडी घर
भइ हाल जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका वडा नम्बर १२ ठकुरी टोल स्थित डेरा गरी
बस्ने वर्ष ३८ को प्रेम बहादुर बि.क
५. जिल्ला कालीकोट नरहरीनाथ
गाउँपालिका वडा नम्बर ४ घर
भई हाल जिल्ला बाँके कोहलपुर नगरपालिका वडा नम्बर ११ न्युरोडमा जनगर्जन नेटवर्क प्रा.लि. नामक मिडिया सञ्चालन गरी बस्ने वर्ष अन्दाजी ३४ का मन
बहादुर सहकारी ।