लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८२-०३-३१
- A
- A-
- A+
मिति
२०८२/०३/३० गते अन्दाजी २१:३० बजेको समयमा जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका वडा
नं. ०५ बबई चेक पोस्ट स्थित प्रहरी टोलीले नेपालगञ्जबाट सुर्खेत तर्फ आउदै गरेको सवारी
साधनहरुलाई चेकजाँच गर्ने क्रममा चालक जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा
नं. ९ लाटिकोईली बस्ने बर्ष १७ को कुशल मल्लले चलाएको क. प्र. ०२-००१ प ३२६२ नं.
को मोटर साइकल र पछाडी सवार जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. ९
बस्ने बर्ष १७ को गोविन्द थापाको साथबाट नाप तौल गर्दा शुद्ध ५ ग्राम ४५०
मिलिग्राम ब्राउन सुगर र अर्को मोटरसाइकल चालक जिल्ला सुर्खेत वीरेन्द्रनगर
नगरपालिका वडा नं. ११ बस्ने बर्ष २४ को गौरब कडेलले चलाएको क.प्र. ०२-००१ प ७०७४ नं.
को मोटर साइकल र पछाडि सवार जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. ११
बस्ने बर्ष २८ को प्रशान्त खनालको साथबाट नाप तौल गर्दा शुद्ध २ ग्राम ४०
मिलिग्राम ब्राउनसुगर र २ पत्ता नाईट्राजेपाम गरी जम्मा ७ ग्राम ४९० मिलिग्राम ब्राउनसुगर र नाईट्राजेपाम
२ पत्ता सहित बरामद गरी निजहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।