लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८२-०३-३०
- A
- A-
- A+
सुर्खेत ,
मिति
२०८२।०३।२९ गते अन्दाजी १९:३० बजेको समयमा जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा
नं. ११ सुब्बाकुना स्थित लागुऔषधको कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा कर्णाली
प्रदेश प्रहरी कार्यालय, सुर्खेतबाट खटिएका
विशेष प्रहरी टोली, लागुऔषध
नियन्त्रण ब्युरो, सुर्खेतको प्रहरी टोली र जिल्ला प्रहरी कार्यालय, सुर्खेतबाट खटिएको
संयुक्त प्रहरी टोलिले उक्त स्थानमा गई
नेपालगंज देखि सुर्खेत तर्फ आउदै गरेको क.प्र.०२-००१
प ७००६ न. को मोटर साइलकलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त मोटरसाईकल चालक जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा
नं. ११ सुब्बाकुना बस्ने अन्दाजि बर्ष ३२ को भुपेन्द्र पोखरेललाई शंकास्पद
अवस्थामा फेलालारी निजको शरीर खानतलासी चेकजाँच गर्दा निजको साथबाट नापतौल गर्दा शुद्ध
१ ग्राम ५७० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ फेलापारी बरामद गरी निजलाई समेत नियन्त्रणमा लिई
थप अनुसन्धान भईरहेको ।