लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८२-०३-२९
- A
- A-
- A+
सुर्खेत ,
मिति २०८२।०३।२८ गते अन्दाजी २१:३० बजेको समयमा जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ सुब्बकुना स्थितमा लागुऔषधको कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतको विशेष टोली र जिल्ला प्रहरी कार्यालय, सुर्खेतवाट खटिएको संयुक्त प्रहरी टोलि उक्त स्थानमा खटी गई नेपालगंज बाट सुर्खेत तर्फ आउदै गरेको क.प्र.०२००१ ज ०६४३ नं. को ई.भी. गाडी लाई रोकी चेकजाँच गर्ने क्रममा उक्त गाडीमा सवार जिल्ला जाजरकोट जुनिचाँदे गाउँपालिका वडा नं. २ स्थायी वतन भई हाल वीरेन्द्रनगर नगरपालिका -१२ चनौटे बस्ने अन्दाजी बर्ष २४ को युवराज शाहीलाई शंकास्पद अवस्थामा फेलापारी निजको शरिर खानतलासी गर्दा निजको साथबाट शुद्द तौल ९ ग्राम ३५० मिलिग्राम (नौ ग्राम तिस सय पचास मिलिग्राम) रहेको गिलो प्रदार्थ लागुऔषध (ब्राउनसुगर) जस्तो देखिने फेलापारी बरामद गरी निजलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।