प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा ।

२०८२-०३-२६

  • A
  • A-
  • A+
Share

सुर्खेत,

मिति २०८२।०३।२५ गते अन्दाजी १८:३० बहेको समयमा जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका वडा नं. १० तालबारी स्थित लागुऔषध अफिमको कारोबार भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, सुर्खेत तथा इलाका प्रहरी कार्यालय छिन्चु, सुर्खेतबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले उक्त स्थानमा गई सोधपुछ गर्दा जिल्ला जाजरकोट जुनिचाँदे गाउँपालिका वडा नं. १० सिर्पा बस्ने अन्दाजी बर्ष ४६ का जय बहादुर बस्नेतलाई शंकास्पद अवस्थामा फेला पारी रितपुर्वक निजको शरीर खानतलासी गर्दा निजले बोकेको कालो झोला भित्र लुकाई छिपाई राखेको अफिम जस्तो देखिने गिलो पदार्थ शुद्ध ५ (पाँच) किलोग्राम ५४० (पाँच सय चालीस) ग्राम फेलापारी बरामद गरी निजलाई समेत नियन्त्रणमा लिई लागुऔषध सम्बन्धी सकुरमा सम्मानित अदालतबाट म्याद थप गरि आवश्यक अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८२-०४-०९

सुर्खेत ,मिति २०८२।०४।०८ गते अन्दाजि २०:५० बजेको समयमा जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. ०४ एरीचोक नजिक जिल्ला प्रहरि कार्यालय, सुर्खेत र लागुऔषध नियन्त्रण शाखा कार्यालय, सुर्खेतबाट खटिएका संयुक्त प्रहरी टोलीले गोप्य सूचनाको आधारमा चेकजाँच गर्दा जिल्ला सुर्खेत विरेन्द्रनगर नगरपालिका वडा नं. ३ बस्ने बर्ष २१ को ध्वनिल मल्लको साथबाट नाईट्राजेपाम ११ पत्तामा ९५ वटा ट्याव्लेट र जिल्ला सुर्खेत विरेन्द्रनगर नगरपालिका वडा नं. ०४ बस्ने बर्ष २९ को कमल कार्कीको साथबाट नाईट्राजेपाम १५ पत्तामा १४८ गरी जम्मा २६ पत्तामा २४३ ट्याव्लेट सहित निजहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।

लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८२-०४-०६

सुर्खेत, मिति २०८२/०४/०५ गते जिल्ला सुर्खेत गुर्भाकोट नगरपालिका वडा नं. ०८ मेहेलकुना बजार स्थित प्रहरी चौकी मेहेलकुना सुर्खेतबाट खटिएको प्रहरी टोलिले जिल्ला सुर्खेत गुर्भाकोट नगरपालिका वडा नं. ०७ बस्ने वर्ष २६ को अविशेक बादी र ऐ. नगरपालिका वडा नं. ०८ मेहलकुना बस्ने वर्ष २७ को सोमराज पाण्डेलाई शंका लागि चेकजाँच गर्दा अविशेक बादीको साथबाट लागु औषध ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ १ पुरिया नापतौल गर्दा शुद्ध तौल १५० मिलिग्राम  र सोमराज पाण्डेको घरको सुत्ने कोठा बाट लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ ७ पुरिया नापतौल गर्दा शुद्ध तौल ५०० मिलिग्राम  र Medley (Restorage) ट्याब्लेट - १२ वटा,  Spasmo -५ वटा ट्याब्लेट, Nitcor-10 - ५ वटा ट्याबलेट सहित निजहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।

लागुऔषध, पेस्तोल लगायतका हातहतियार र ओखेटोपहार सहित २ जना मानिस नियन्त्रणमा ।
२०८२-०४-०२

सुर्खेत ,मिती २०८२।०४।०१ गते जिल्ला सुर्खेत बिरेन्द्रनगर नगरपालिकाका वडा नं. ८ स्थित वडा एरियामा ठुलो मात्रामा लागुऔषध तथा हतियार रहेको भनि प्राप्त सुचनाको  आधारमा जिल्ला प्रहरी कार्यालय, सुर्खेतबाट खटिएको प्रहरी टोली अन्दाजी २१:०० बजेको समयमा जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालीका वडा नं ८ कृष्णमन्दिर स्थित ऐ.ऐ. बस्ने वर्ष अन्दाजी २३ को बिधान शाहीको घरमा निज बिधान शाही र ऐ.ऐ.बस्ने बर्ष २२ को  आदित्य घिमिरेलाई शंकास्पद अवस्थामा फेलापारी निज बिधान शाहीको घर कोठाको खानतलासी गर्दा उक्त कोठामा लुकाइ छिपाइ राखेको निम्न सामानहरू बरामद निजहरुलाई समेत पक्राउ गरी थप अनुसन्धान भई रहेको ।   बरामद सामान ·          Type 77 पेस्तोल थान - १ ·          सो पेस्तोलमा लाग्ने म्यग्जिन थान - २ ·          गोली राउण्ड  – १२·          नाईनस्टिक थान - १·          विभिन्न घरेलु हातहतियार तथा खरखजाना थान - ११·          Tramadol जस्तो देखिने प्रति पत्तामा १० Tablet का दरले ८९ पत्ता र १ पत्तामा ९ Tablet गरी  जम्मा - ८९९ वटा Tablet ·          Nitrazepam जस्तो देखिने प्रति पत्तामा १० Tablet का दरले ३६ पत्ता र १ पत्ता मा ९ Tablet गरी  जम्मा - ३६९ वटा Tablet·          Nictor जस्तो देखिने प्रति पत्तामा १० Tablet का दरले ३ पत्ता गरी जम्मा - ३० वटा Tablet·          SPASMO जस्तो देखिने प्रति पत्तामा ८ Tablet का दरले १६ पत्ता गरी  जम्मा - १२८ वटा Tablet ·          वन्यजन्तु जरायोको जस्तो देखिने ओखेटोपहार (सिङ्ग) थान - १