लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-११-१९
- A
- A-
- A+
सुर्खेत,
मिति २०८१/११/१८ गते
अन्दाजि १९:४० बजेको समयमा जिल्ला सुर्खेत वीरेन्द्ननगर नगरपालिका -११ सुब्बाकुना
स्थितमा लागुऔषधको ओसार पसार भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी
कार्यालय, सुर्खेत र लागु औषध नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएको
संयुक्त प्रहरी टोलीले उक्त स्थानमा जाँदा जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका
वडा नं.०९ बस्ने बर्ष अन्दाजि २६ को गणेश कार्की, ऐ.ऐ. वडा नं. ०३ बस्ने बर्ष अन्दाजि २५ को युवराज
चपाई र ऐ.ऐ. वडा नं. ०६ बस्ने बर्ष अन्दाजि २३ को गौरव रावललाई शंकास्पद रुपमा
हिडिरहेको अवस्थामा फेलापारी निजहरुको शरिर खानतलासि गर्दा निजहरुको साथबाट
लागुऔषध जस्तो देखिने धुलो पदार्थ नापतौल गर्दा शुद्ध ५३० (पाँच सय तिस मिलिग्राम) र ट्रामाडोल
१३ ट्याब्लेट सहित नियन्त्रणमा लिई आवश्यक
अनुसन्धान भईरहेको ।