लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-११-१९
- A
- A-
- A+
सुर्खेत,
मिति २०८१/११/१७ गते अन्दाजि २३:०० बजे जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका- १०, तोलीखोला स्थित लागु औषधको ओसार पसार भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय, छिन्चु सुर्खेतबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा जाँदा जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका ०९ बस्ने बर्ष अन्दाजि २३ को सन्देश बस्याल सार्की, ऐ.ऐ. बस्ने बर्ष २१ को गौरव रावल र ऐ.ऐ. १२ बस्ने बर्ष अन्दाजि २२ को विकास कुमार शाहलाई शंकास्पद रूपमा हिडिरहेको अवस्थामा फेलापारी निजहरुको शरिर खानतलासि गर्दा निजको साथबाट लागु औषध जस्तो देखिने खैरो हिरोईन नाप तौल गर्दा शुद्ध १.०० ग्राम (एक ग्राम) सहित नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भईरहेको ।