लागु औषध सहित मानिस नियन्त्रणमा ।
२०८१-११-०९
- A
- A-
- A+
मिति
२०८१/११/०९ गते जिल्ला सुर्खेत वीरेन्द्ननगर नगरपालिका ११ सुब्बाकुना चेक पोष्ट
स्थित जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागु औषध ब्युरो सुर्खेतबाट खटिएको संयुक्त
प्रहरी टोलीले जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. ३ बस्ने अन्दाजि बर्ष
३१ को जनक सापकोटा र ऐ.ऐ. वडा नं. ३ बस्ने अन्दाजि बर्ष २२ को कुशल गिरीलाई चेकजाँच
गर्ने क्रममा जनक सापकोटा साथ बाट लागुऔषध जस्तो देखिने नापतौल गर्दा शुद्ध तौल ७
ग्राम ८२० मिलिग्राम तथा जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ स्थित
जुम्लारोडबाट जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. ४ बस्ने अन्दाजी बर्ष
३२ को तारा बि.क. लाई चेकजाँच गर्ने क्रममा लागुऔषध जस्तो देखिने नापतौल गर्दा शुद्ध
तौल १ ग्राम २२० मिलिग्राम सहित नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भैईरहेको ।