लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-११-०५
- A
- A-
- A+
सुर्खेत,
मिति २०८१।११।०५ गते अन्दाजी १८:१५ बजेको
समयमा जिल्ला सुर्खेत भेरीगंगा न.पा ०४ हर्रे स्थितमा इलाका प्रहरी कार्यालय
छिन्चु सुर्खेतबाट चेकिङमा खटिगएका प्रहरी टोलीले नेपालगंजबाट सुर्खेत तर्फ आउदै
गरेको चालक जिल्ला सुर्खेत बि.न.पा २ बस्ने वर्ष २३ को विरेन्द्र गुरुङले चलाएको
क.प्र ०२००२ प १८५१ नं स्कुटीमा चेक जाँच गर्ने क्रममा स्कुटि चालकको साथबाट लागु
औषध खैरो हिरोयन जस्तो देखिने धुलो पदार्थ नेपाली रु.५ को नोटमा बेटारी राखेको
उक्त रुपैया सहित नाप तौल गर्दा १.१२० ग्राम र शुद्द नाप तौल गर्दा ०.१९०
मिलिग्राम रहेको स्कुटि पछाडी सवार चालक जिल्ला सुर्खेत वि.न.पा २ बस्ने वर्ष २४
को मनोज गुरुङ सहित दुबै जना ब्यक्ति र लागुऔषध पदार्थ र स्कुटि सहित नियन्त्रणमा लिई
आवश्यक अनुसन्धान भइरहेको ।