लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-१०-३०
- A
- A-
- A+
सुर्खेत,
मिति २०८१/१०/३० गते अन्दाजी १५;०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय सुर्खेत र ला.औ. ब्युरो सुर्खेत
बाट खटिएको प्रहरी टोलीले जिल्ला सुर्खेत वीरेन्द्रनगर न.पा.१२ नेवारे बस्ने बर्ष
३७ को हिमालय सापकोटाको आफ्नै घरमा निजको साथबाट ब्राउन सुगर जस्तो देखिने खैरो
धुलो पदार्थ ७ पुडिया (नापतौल गर्दा शुद्ध तौल २ ग्राम ५५० मिलिग्राम) र ऐ.१८;०० बजेको समयमा ऐ.
बस्ने बर्ष ३२ को शुबाष भट्टको साथबाट ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ २
पुडिया (नापतौल गर्दा शुद्ध तौल ८५० मिलिग्राम) सहित समेत
फेला पारी नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।