लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-१०-२८
- A
- A-
- A+
सुर्खेत,
मिति २०८१।१०।२८ गते २१:२० बजेको समयमा
जि.सुर्खेत बिरेन्द्रनगर न.पा.११ सुब्बाकुना चेकपोष्ट स्थित प्रहरी चौकी सुब्बाकुना
र ला.औ.नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले
नेपालगंजबाट सुर्खेत तर्फ आउदै गरेको क.प्र.००१ ज ०६५१ न.को फोर्स गाडीलाई चेकजाँच
गर्दा उक्त गाडीमा सवार ऐ.७ बस्ने बर्ष १८ को रोहित परियारको साथबाट लागुऔषध नाईट्रोभेट
ट्याबलेट ६ पत्ता र ऐ.४ बस्ने बर्ष २१ को विवेक शाहीको साथबाट लागुऔषध ब्राउन सुगर
जस्तो देखिने खैरो धुलो पदार्थ २ पुडिया (शुद्ध नापतौल गर्दा ४ ग्राम ५६०
मिलिग्राम) फेला पारी बरामद गरी २ जना मानिसलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी
कार्यालय सुर्खेतमा लिई आवश्यक अनुसन्धान भईरहेको ।