लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-१०-२४
- A
- A-
- A+
सुर्खेत,
मिति २०८१।१०।२४ गते
१३;१५ बजेको समयमा जिल्ला सुर्खेत बिरेन्द्रनगर न.पा.७ शंकरचोक नजिक जिल्ला
प्रहरी कार्यालय सुर्खेत र लागुऔषध नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएका संयुक्त
प्रहरी टोलिले चेकजाच गर्ने क्रममा ऐ.१२ नेवारे बस्ने बर्ष २५ को दिपक कुवरको
साथबाट १६ पुरिया र जिल्ला सुर्खेत बराहताल गा.पा. ८ बस्ने बर्ष २३ को डिल बहादुर
नेपालीको साथबाट २० पुरिया गरी जम्मा ३६ पुडिया (नापतौल
गर्दा शुद्ध तौल ७ ग्राम२९० मिलिग्राम) लागुऔषध ब्राउनसुगर
जस्तो देखिने खैरो धुलो पदार्थ सहित २ जना नियन्त्रण्मा लिई आवश्यक अनुसन्धान
भइरहेको ।