लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-१०-०९
- A
- A-
- A+
सुर्खेत,
मिति
२०८१।१०।०९ गते १४;४० बजेको समयमा जिल्ला सुर्खेत
बिरेन्द्रनगर न.पा.२ टेम्पुपार्क स्थित लागुऔषध कारोबार भईरहेको भन्ने गोप्य सूचनाको
आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागुऔषध नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट
खटिएका संयुक्त प्रहरी टोलिले जिल्ला सुर्खेत बिरेन्द्रनगर न.पा.२ बस्ने बर्ष २८
को महेन्द्र रावतको घर खानतलासि गर्दा निजको साथबाट ब्राउनसुगर जस्तो देखिने खैरो
धुलो पदार्थ नापतौल नगरेको २ पोका (नापतौल गर्दा शुद्ध तौल १ ग्राम २२ मिलिग्राम) लागुऔषध फेला पारी बरामद गरी संगै बसेका ऐ बस्ने
बर्ष २२ को सन्तोस रावत ,ऐ बराहताल गा.पा. २ बस्ने बर्ष २५
को प्रेम सुबेदी सहित जम्मा ३ जना लाई नियन्त्रण्मा लिई आवशयक अनुसन्धान भईरहेको ।