लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०९-२५
- A
- A-
- A+
सुर्खेत,
मिति २०८१।०९।२५ गते अन्दाजी २१;३० बजेको समयमा जिल्ला सुर्खेत बिरेन्द्रनगर न.पा. ११ सुब्बाकुना स्थित
चेकपोईन्टमा प्रहरी चौकी सुब्बाकुना सुर्खेतबाट खटिएका प्रहरी र लागुऔषध नियन्त्रण
शाखा कार्यालय सुर्खेतबाट खटिएका संयुक्त प्रहरी टोलिले काठमाण्डौबाट सुर्खेत तर्फ
आउदै गरेको क.प्र. ०७४२ न.को बसलाई चेकजाच गर्दा बसमा सवार जिल्ला सुर्खेत
बिरेन्द्रनगर न.पा. ९ बस्ने बर्ष ३२ को गगन घिमिरेको साथबाट नापतौल नगरेको लागुऔषध
ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ १ पुडिया (नापतौल गर्दा शुद्ध तौल ३
ग्राम २९० मिलिग्राम) बरामद गरी निज गगन घिमिरे समेतलाई नियन्त्रण्मा लिई बरामद जिल्ला
प्रहरी कार्यालय सुर्खेतमा राखि अनुसन्धान भईरहेको ।