लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०९-२५
- A
- A-
- A+
सुर्खेत,
मिति २०८१।०९।२५ गते अन्दाजी ११;३० बजेको समयमा जिल्ला सुर्खेत वीरेन्द्रनगर न.पा.११ सुब्बाकुना स्थित जिल्ला
प्रहरी कार्यालय सुर्खेतबाट खटिएका प्रहरी टोली र लागुऔषध नियन्त्रण शाखा कार्यालय
सुर्खेतबाट खटिएका संयुक्त प्रहरी टोलीले शंकास्पद रुपमा जिल्ला सुर्खेत
वीरेन्द्रनगर न.पा.११ बस्ने बर्ष २८ को हर्क बहादुर खनेलको घरमा चेक जाँच गर्दा
निज हर्क खनेलको आफु सुत्ने कोठामा रहेको दराजबाट ६ पुडिया र निजको कोठामा संगै
बसेका ऐ. बस्ने बर्ष २२ को टेक बहादुर सुनारको साथबाट १४ पुडिया (नापतौल गर्दा
शुद्ध तौल २ ग्राम २३० मिलिग्राम) लागुऔषध जस्तो देखिने खैरो धुलो पदार्थ सहित ऐ.
बस्ने बर्ष ४२ को शंकर बादी र ऐ. बस्ने बर्ष २२ को राजन दमाईहरु समेत गरी ४ जनालाई
नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको ।