लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०९-१९
- A
- A-
- A+
सल्यान,
मिति २०८१।०९।१९ गते
अन्दाजी १६:०० बजेको समयमा जिल्ला सल्यान शारदा नगरपालिका-०२ खंलगा बजार बस्ने
वर्ष अन्दाजी २५ को डिजन भन्ने गौरव श्रेष्ठले लागु औषध लुकाई छिपाई राखेको भन्ने
गोप्य सूचना प्राप्त हुँनासाथ जिल्ला प्रहरी कार्यालय सल्यानबाट प्रहरी टोलि खटी
गई निजको घरको खानतलासी गर्दा निज सुत्ने कोठाबाट ब्राउनसुगर जस्तो देखिने खैरो
धुलो पदार्थ पलास्टिक सहित नापतौल गर्दा ७१० मिलि ग्राम र पलास्टिक बाहेक नापतौल
गर्दा ४१० मिलिग्राम र Litrazepam Tablesid लेखेको १४
पत्ता, एउटा पत्तामा २ वटा ट्याप्लेट गरी (१४२ ट्याप्लेट
जस्मा १ पत्तामा १० ट्याप्लेट रहेको ) लागु औषध सहित निज डिजन भन्ने गौरव श्रेष्ठलाई
पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सल्यानको नियन्त्रणमा राखी आवश्यक अनुसन्धान
भईरहेको ।