लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०९-१३
- A
- A-
- A+
जुम्ला,
मिति २०८१।०९।१३ गते
बिहान ०६:०० बजेको समयमा जिल्ला जुम्ला तातोपानी गाउपालिका-५ को वडा कार्यालय
नजिकै हिडिरहेको अवस्थामा ऐ.ऐ.बस्ने बर्ष अन्दाजी २९ को नन्दराम नेपाली, ऐ.ऐ.बस्ने बर्ष अन्दाजी २० को पंकज सार्की र ऐ.ऐ.बस्ने बर्ष अन्दाजी २१
को प्रबेश नेपालीलाई प्रहरी चौकी हाँकु जुम्लाबाट गस्तिमा खटिएको प्रहरी टोलिले
निजहरुलाई शंका लागि रोकी चेकजाँच गर्दा निज नन्दराम नेपालीको साथबाट लागुऔषध ब्राउन
सुगर जस्तो देखिने खैरो धुलो पदार्थ २४ पुडिया (नापतौल गर्दा शुद्ध ७४० मिलिग्राम)
फेला पारी नियन्त्रणमा लिई जिल्ला प्रहरी
कार्यालय जुम्लाको हिरासत कक्षमा ल्याई राखी आवश्यक अनुसन्धान भइरहेको ।