लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०९-०८
- A
- A-
- A+
जुम्ला,
मिति २०८१।०९।०८ गते अन्दाजी १७:५० बजे जिल्ला जुम्ला चन्दननाथ नगरपालिका-६ बसपार्क स्थित रोड सडक खण्डमा ऐ.ऐ.९ बस्ने बर्ष अन्दाजी २० सुनिल नेपालीले लागुऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पर्दाथ क १ ह ५० नम्बरको अटोमा लुकाई छिपाई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिईएको प्रहरी टोलिले १ पुडीया (नापतौल गर्दा शुद्ध ६० मिलिग्राम) फेलापारी निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।