लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०९-०७
- A
- A-
- A+
सुर्खेत,
मिति २०८१।०९।०७ गते अन्दाजी २०;३० बजेको समयमा जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-८ कुइनेपानी रंगशाला नजिक जिल्ला प्रहरी कार्यालय सुर्खेत र ला.औ.नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएका संयुक्त प्रहरी टोलीले शंकास्पद रुपमा हिडिरहेका जिल्ला बाँके नेपालगंज उपमहानगर पालिका १४ बस्ने बर्ष अन्दाजी २९ कि चन्द्रा राइ र ऐ.ऐ. बस्ने बर्ष २४ कि चादनी राइ लाई चेक जाँच गर्दा निजहरुको साथबाट लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ नाप तौल नगरेको १ पोका बरामद गरी निजहरु लाइ नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भईरहेको ।