लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०९-०६
- A
- A-
- A+
जुम्ला,
मिति २०८१।०९।०६ गते
१६:५० बजेको समयमा जिल्ला जुम्ला तातोपानी गाउपालिका वडा न.६ धौलापानी नजिकै
सार्वजनिक सडक खण्डमा हिडिरहेका ऐ.ऐ. बस्ने बर्ष अन्दाजी १८ को रोशन कठायत र
ऐ.ऐ.बस्ने बर्ष अन्दाजी १९ को सुरेन्द्र डाँगीलाई जिल्ला प्रहरी कार्यालय जुम्लाबाट
खटिएको प्रहरी टोलिले निजहरुलाई शंका लागी रोकी चेकजाँच गर्दा निज सुरेन्द्र
डाँगीको साथबाट लागुऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ नापतौल गर्दा शुद्ध
(८० मिलिग्राम) रहेको र मिति २०८१।०९।०७ गते १४:२० बजेको समयमा रोशन कठायतलाई थप
प्रारम्भीक अनुसन्धान गर्दै जाने क्रममा चन्दननाथ नगरपालिका वडा न.७ मिचा नजिकै
लुकाई छिपाई राखेको (१ पुडीया ) लागुऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पर्दाथ नापतौल
गर्दा प्लाष्टिक सहित ७५० मिलिग्राम फेला पारी यस कार्यालयमा ल्याई दुबै जनालाई
नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको ।