लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०८-२३
- A
- A-
- A+
सुर्खेत, जिल्ला सुर्खेत
वीरेन्द्रनगर नगरपालिका-१० चौखेढुङगा स्थित सडक खण्डमा जिल्ला प्रहरी कार्यालय
सुर्खेतबाट र लागूऔषध ब्युरो नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएको संयुक्त
प्रहरी टोलीले ऐ.ऐ.४ बस्ने बर्ष २७ को निशान्त खत्री र ऐ.ऐ.बस्ने बर्ष २५ को राजन गिदेललाई
खानतलासी गर्ने क्रममा निज राजन गिदेलको साथबाट लुकाइ छिपाइ राखेको अवस्थामा लागूऔषध
ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ नाप तौल नभएको १ पोका (नापतौल गर्दा तौल
५ ग्राम ५२ मिलिग्राम लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय
सुर्खेतमा ल्याई थप अनुसन्धान भईरहेको ।