प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ ।

२०८१-०७-३०

  • A
  • A-
  • A+
Share

जाजरकोट, जिल्ला जाजरकोट नलगाड नगरपालिका-०८ बस्ने बर्ष अ.३६ को भक्त बहादुर परियार करणी सम्बन्धि कसुर मुद्दामा सम्मानित रुकुम जिल्ला अदालतको लगत न.२७५, मिति २०८०।०९।१२ गतेको फैसला आदेशले ५ (पाँच) बर्ष कैद सजाय भई फरार रहेकोमा हाल जिल्ला रुकुम पश्चिम चौरजाहारी नगरपालिका-११ खोलागाँउ बाट जिल्ला प्रहरी कार्यालय जाजरकोट बाट खटिएको प्रहरी टोलिले स्थानिय प्रहरी संग समन्वय गरी पक्राउ गरी सम्मानित जिल्ला अदालत जाजरकोटमा पेश गर्ने कार्य भईरहेको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०७-२५

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० बस्ने बर्ष २१ को चन्द्र सुनार र जिल्ला कालिकोट पलाता गाउँपालिका-५ स्थायी घर भइ हाल वीरेन्द्रनगर नगरपालिका-०९ बस्ने बर्ष २७ को प्रयास बम लाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट र लागूऔषध ब्युरो सुर्खेत बाट खटिएको संयुक्त प्रहरी टोलीले निजहरूलाई शंका लागी चेक जाँच गर्दा निजहरुको साथ बाट ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ २ पुडिया (नाप तौल गर्दा ५० मिलिग्राम) र ट्रामा डोल १५ पिस (टेब्लेट) सहित निजहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भईरहेको ।