लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०७-२५
- A
- A-
- A+
सुर्खेत,
जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० बस्ने बर्ष २१ को चन्द्र
सुनार र जिल्ला कालिकोट पलाता गाउँपालिका-५ स्थायी घर भइ हाल वीरेन्द्रनगर
नगरपालिका-०९ बस्ने बर्ष २७ को प्रयास बम लाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट र लागूऔषध ब्युरो सुर्खेत बाट खटिएको संयुक्त प्रहरी टोलीले
निजहरूलाई शंका लागी चेक जाँच गर्दा निजहरुको साथ बाट ब्राउन सुगर जस्तो देखिने खैरो
धुलो पदार्थ २ पुडिया (नाप तौल गर्दा ५० मिलिग्राम) र ट्रामा डोल १५ पिस (टेब्लेट)
सहित निजहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप
अनुसन्धान भईरहेको ।