प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ ।

२०८१-०७-०८

  • A
  • A-
  • A+
Share

सल्यान,

 मिति २०८१।०७।०८ गते अन्दाजी ०७:०० बजेको समयमा जवरजस्ती करणी मुद्दाको फैसला कार्यान्वयनको शिलशिलामा सम्मानित जिल्ला अदालत सल्यानको मिति २०८०।०३।२५ गते  को फैसला आदेशले झुठा बयान पेश गरेको अभियोगमा  निम्न लगत नं. अनुसार कैद तथा जरिवाना तोकी फरार रहेका निम्न प्रतिवादीहरुलाई खोजतलासको लागी इलाका प्रहरी कार्यालय रागेचौर सल्यानबाट खटिएको प्रहरी टोलीले निजहरुको घर वतनबाट फेला पारी मिति २०८१।०७।०८ गते अन्दाजी १६:४५ बजेको समयमा कैद तथा जरिवाना असुलको लागी सम्मानित सल्यान जिल्ला अदालतमा बुझाइएको ।

निम्न:-

१. जिल्ला सल्यान कुमाख गा.पा. ७ बस्ने लगत नं. ७१-०८०-०००६९, बर्ष ४५ को संकेत नाम ५५ D ५२ को संरक्षक (क) जाहेरवाला लाई १ महिना १५ दिन कैद र रु ३०००।जरिवाना तोकिएको ।

२. जिल्ला सल्यान कुमाख गा.पा. ७ बस्ने लगत नं. ७१-०८०-०००६९, बर्ष २२ की संकेत नाम ५५ D ५२ ( पिडित ) लाई १ महिना १५ दिन कैद र रु ३०००।जरिवाना तोकिएको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०७-२५

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० बस्ने बर्ष २१ को चन्द्र सुनार र जिल्ला कालिकोट पलाता गाउँपालिका-५ स्थायी घर भइ हाल वीरेन्द्रनगर नगरपालिका-०९ बस्ने बर्ष २७ को प्रयास बम लाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट र लागूऔषध ब्युरो सुर्खेत बाट खटिएको संयुक्त प्रहरी टोलीले निजहरूलाई शंका लागी चेक जाँच गर्दा निजहरुको साथ बाट ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ २ पुडिया (नाप तौल गर्दा ५० मिलिग्राम) र ट्रामा डोल १५ पिस (टेब्लेट) सहित निजहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भईरहेको ।