प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ ।

२०८१-०६-३०

  • A
  • A-
  • A+
Share

रुकुम पश्चिम,

सम्मानित रुकुम पश्चिम जिल्ला अदालतबाट लेनदेन मुद्धामा २ वर्ष कैद सजाय तोकिएको फरार प्रतिवादी जिल्ला रुकुम पश्चिम मुसिकोट न. पा. १ घर भई हाल जिल्ला दाङ तुल्सीपुर उ.म.न.पा.५ बस्ने वर्ष ३८ को धनजित दमाईलाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम र इलाका प्रहरी कार्यालय तुल्सिपुर दाङको समन्वयमा मिति २०८१।०६।३० गते ०८:३० बजेको समयमा निजको घर वतनमा प्रहरी टोली  खटी गई पक्राउ गरी सम्मानित रुकुम पश्चिम जिल्ला अदालतमा बुझाइएको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०७-२५

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० बस्ने बर्ष २१ को चन्द्र सुनार र जिल्ला कालिकोट पलाता गाउँपालिका-५ स्थायी घर भइ हाल वीरेन्द्रनगर नगरपालिका-०९ बस्ने बर्ष २७ को प्रयास बम लाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट र लागूऔषध ब्युरो सुर्खेत बाट खटिएको संयुक्त प्रहरी टोलीले निजहरूलाई शंका लागी चेक जाँच गर्दा निजहरुको साथ बाट ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ २ पुडिया (नाप तौल गर्दा ५० मिलिग्राम) र ट्रामा डोल १५ पिस (टेब्लेट) सहित निजहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भईरहेको ।