प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ ।

२०८१-०६-२९

  • A
  • A-
  • A+
Share

सल्यान,

मिति २०८१।६।२९ गते १७:३० बजेको समयमा इलाका प्रहरी कार्यालय रागेचौर सल्यानबाट खटिएको प्रहरी टोलीले निम्न स्थान बस्ने निम्न मुद्दाको फरार प्रतिबादीलाई निजहरुको घर वतन बाट पक्रउ गरी जिल्ला प्रहरी कार्यालय सल्यानमा ल्याई सम्मानित जिल्ला अदालत सल्यान बुझाइएको ।

१:- जि.सल्यान कुमाख गा.पा.३ बस्ने सम्मानित जिल्ला अदालत सल्यानको लगत न. ७१-०८०-००१६३ मिति २०८१।०६।०३ गते फैसला अनुसार २ बर्ष ६ महिना कैद र रु.२५,०००।– जरिवाना तोकिएको  बहुबिबाह मुद्दाको फरार प्रतिबादी बर्ष २७ को बल बहादुर पुन ।

२:- जि.सल्यान कुमाख गा.पा.३ बस्ने सम्मानित जिल्ला अदालत सल्यानको लगत न. ७१-०८०-००१६३ मिति २०८१।०६।०३ गते फैसला अनुसार २ बर्ष ६ महिना कैद र रु.२५,०००।– जरिवाना तोकिएको  बहुबिबाह मुद्दाको फरार प्रतिबादी बर्ष ३० की कमला  पुन

३:- जि.सल्यान कुमाख गा.पा.१ बस्ने सम्मानित जिल्ला अदालत सल्यानको लगत न. ०७१-०८०-००१२९ मिति २०८०।०७।१२ गतेको फैसला अनुसार ६ महिना कैद र रु.५,०००।जरिवाना तोकिएको बर्ष ६६ को सार्के बुढा ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०७-२५

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० बस्ने बर्ष २१ को चन्द्र सुनार र जिल्ला कालिकोट पलाता गाउँपालिका-५ स्थायी घर भइ हाल वीरेन्द्रनगर नगरपालिका-०९ बस्ने बर्ष २७ को प्रयास बम लाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट र लागूऔषध ब्युरो सुर्खेत बाट खटिएको संयुक्त प्रहरी टोलीले निजहरूलाई शंका लागी चेक जाँच गर्दा निजहरुको साथ बाट ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ २ पुडिया (नाप तौल गर्दा ५० मिलिग्राम) र ट्रामा डोल १५ पिस (टेब्लेट) सहित निजहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भईरहेको ।