प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ ।

२०८१-०५-०५

  • A
  • A-
  • A+
Share

दैलेख,

मिति २०८१।०५।०५ गते अन्दाजी ११:०० बजेको समयमा जिल्ला दैलेख डुङ्गेश्वर गाँउपालिका वडा नं.५ बस्ने जित बहादुर भण्डारीको छोरा बर्ष ४३ को घन श्याम भण्डी गोपनियता भंग तथा भ्रष्टाचार मुद्दाको फरार प्रतिबादी सम्मानित जिल्ला अदालत दैलेख मिति २०७८।१०।११ गतेको फैसलाले प्रश्न पत्र गोपनियता भंग गरी भ्रष्टाचार कसुर मुद्धामा रु ५०००।- (पाँच हजार बराबरको) बिगो जरिवाना कायम भएको र (३) महिना सजाय भएका सम्मानित जिल्ला अदालत दैलेखको लगत नं. ११९६ कसिएका फरार प्रतिबादी घनश्याम भण्डारीलाई गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दैलेख बाट खटीएका संयुक्त प्रहरी टोलीले डुङ्गेश्वर गाँउपालिका वडा नं.५ डाँडापराजुल स्थित बाटोमा हिड्दै गरेको अवस्थामा निजलाई फेलापरी नियनत्रणमा लिई जिल्ला प्रहरी कार्याल दैलेखमा ल्याई ऐ. १२:३० बजे निज घनश्याम भण्डारीलाई सम्मानित जिल्ला अदालत दैलेखमा बुझाएको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०७-२५

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० बस्ने बर्ष २१ को चन्द्र सुनार र जिल्ला कालिकोट पलाता गाउँपालिका-५ स्थायी घर भइ हाल वीरेन्द्रनगर नगरपालिका-०९ बस्ने बर्ष २७ को प्रयास बम लाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट र लागूऔषध ब्युरो सुर्खेत बाट खटिएको संयुक्त प्रहरी टोलीले निजहरूलाई शंका लागी चेक जाँच गर्दा निजहरुको साथ बाट ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ २ पुडिया (नाप तौल गर्दा ५० मिलिग्राम) र ट्रामा डोल १५ पिस (टेब्लेट) सहित निजहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भईरहेको ।