प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ ।

२०८१-०४-२०

  • A
  • A-
  • A+
Share

सुर्खेत,

मिति२०८१/०४/२० गते अन्दाजी २०:१५ बजेको समयमा जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-११ लेखोचोक बस्ने बर्ष ३५ की मोति कुमारी शाहीलाई सम्मानित जिल्ला अदालत सुर्खेतको लगत नं ४१२३ फैसला मिति २०८१/०३/१८ गतेको चेक अनादर मुद्दाको २ बर्ष कैद सजाय तोकिएको फरार प्रतिवादीलाई प्रहरी चौकी रामघाट बाट खटिएको प्रहरी टोलिले ऐ.ऐ रामघाट बजार स्थित आफ्नै पसलबाट नियन्त्रणमा लिई तालुक इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेत मार्फत सम्मानित सुर्खेत जिल्ला अदालत बुझाइएको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०७-२५

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० बस्ने बर्ष २१ को चन्द्र सुनार र जिल्ला कालिकोट पलाता गाउँपालिका-५ स्थायी घर भइ हाल वीरेन्द्रनगर नगरपालिका-०९ बस्ने बर्ष २७ को प्रयास बम लाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट र लागूऔषध ब्युरो सुर्खेत बाट खटिएको संयुक्त प्रहरी टोलीले निजहरूलाई शंका लागी चेक जाँच गर्दा निजहरुको साथ बाट ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ २ पुडिया (नाप तौल गर्दा ५० मिलिग्राम) र ट्रामा डोल १५ पिस (टेब्लेट) सहित निजहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भईरहेको ।