प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ ।

२०८१-०४-०९

  • A
  • A-
  • A+
Share

सुर्खेत,

यौन दुर्व्यवहार मुद्धामा सम्मानित जिल्ला अदालत सुर्खेतबाट मिति २०७८।०९।१८ गतेको फैसलाले १ बर्ष कैद, १०,०००/- (दश हजार ) जरिवाना तोकेको फरार प्रतिबादी  जिल्ला सुर्खेत सिम्ता गाउँपालिका २ बस्ने बर्ष अ. ३० को बिर ब. खड्का लाई चिङगाड गाउँपालिका-४ गाकाडा भन्ने स्थानमा प्रहरी चौकी आग्रिगाउँ सुर्खेतबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी ईलाका प्रहरी कार्यालय बादेपिपल सुर्खेतमा ल्याउँदै गरेको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०७-२५

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० बस्ने बर्ष २१ को चन्द्र सुनार र जिल्ला कालिकोट पलाता गाउँपालिका-५ स्थायी घर भइ हाल वीरेन्द्रनगर नगरपालिका-०९ बस्ने बर्ष २७ को प्रयास बम लाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट र लागूऔषध ब्युरो सुर्खेत बाट खटिएको संयुक्त प्रहरी टोलीले निजहरूलाई शंका लागी चेक जाँच गर्दा निजहरुको साथ बाट ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ २ पुडिया (नाप तौल गर्दा ५० मिलिग्राम) र ट्रामा डोल १५ पिस (टेब्लेट) सहित निजहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भईरहेको ।