प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादि पक्राउ ।

२०८१-०४-०४

  • A
  • A-
  • A+
Share

मिति २०८१।०४।०३ गते अन्दाजी २२:०० बजेको समयमा सम्मानित सुर्खेत जिल्ला अदालतको लगत नम्बर ४०४० को बिगो ३ महिना कैद र रु.५०००(पाँच हजार) जरीवाना तोकिएको कुटपिट मुद्धाको फरार प्रतिबादी जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका - १ धारापानी बस्ने बर्ष ३१ को भरत सुनारलाई जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी बाङ्गेसिमलबाट खटिगएको संयुक्त प्रहरी टोलिले निजको घर वतनमा लुकिछिपि वसेको अबस्थामा फेला पारी नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी सम्मानित सुर्खेत जिल्ला अदालतमा बुझाउने कार्य भैईरहेको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०७-२५

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० बस्ने बर्ष २१ को चन्द्र सुनार र जिल्ला कालिकोट पलाता गाउँपालिका-५ स्थायी घर भइ हाल वीरेन्द्रनगर नगरपालिका-०९ बस्ने बर्ष २७ को प्रयास बम लाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट र लागूऔषध ब्युरो सुर्खेत बाट खटिएको संयुक्त प्रहरी टोलीले निजहरूलाई शंका लागी चेक जाँच गर्दा निजहरुको साथ बाट ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ २ पुडिया (नाप तौल गर्दा ५० मिलिग्राम) र ट्रामा डोल १५ पिस (टेब्लेट) सहित निजहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भईरहेको ।