प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादि पक्राउ ।

२०८१-०३-१८

  • A
  • A-
  • A+
Share

मिति २०८१।०३।१७ अन्दाजि १७:०० बजे सम्मानित सल्यान जिल्ला अदालत खलंगाको मिति २०७६।०३।२४ गतेको फैसलाले लगत न. १०७२ कुटपिट मुद्दामा ३ दिन कैद तोकी भुक्तान गर्न बाँकी रहेका फरार प्रतिबादी जिल्ला सल्यान कपुरकोट गाउँपालिका-४ किमिचौर बस्ने कुल बहादुर बुढाको छोरा बर्ष अन्दाजि २६ को बिजय बुढालाई इलाका प्रहरी कार्यालय,लुहाम सल्यानबाट खटि गएको प्रहरी टोलिले नियन्त्रणमा लिई सल्यान जिल्ला अदालतमा  बुझाइएको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०७-२५

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० बस्ने बर्ष २१ को चन्द्र सुनार र जिल्ला कालिकोट पलाता गाउँपालिका-५ स्थायी घर भइ हाल वीरेन्द्रनगर नगरपालिका-०९ बस्ने बर्ष २७ को प्रयास बम लाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट र लागूऔषध ब्युरो सुर्खेत बाट खटिएको संयुक्त प्रहरी टोलीले निजहरूलाई शंका लागी चेक जाँच गर्दा निजहरुको साथ बाट ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ २ पुडिया (नाप तौल गर्दा ५० मिलिग्राम) र ट्रामा डोल १५ पिस (टेब्लेट) सहित निजहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भईरहेको ।