प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिबादी पक्राउ ।

२०८१-०३-१६

  • A
  • A-
  • A+
Share

दैलेख,

मिति २०८१।०३।१५ गते अन्दाजी ०८:४५ बजेको समयमा तुलबिर गुरुङको जाहेरीले बादी नेपाल सरकार प्रतिवादी जिल्ला दैलेख आठबिसकोट नगरपालिका वडा नं.३ टुनिबगर बस्ने मिन बहादुर शाहीको छोरा बर्ष ४३ को गोकर्ण शाही सम्मानित उच्च अदालत पाटनको मिति २०८०।०३।१० गतेको फैसलाले बैंकिक कसुर मुद्धामा रु ८६,००,०००।- (छयासि लाख बराबरको) बिगो जरिवाना कायम भएको र २९ दिन कैद सजाय भएका जिल्ला अदालत दैलेखको लगत नं. १३२१ कसिएका फरार प्रतिवादी गोकर्ण शाहीलाई जिल्ला प्रहरी कार्यालय दैलेख र इलाका प्रहरी कार्यालय राकम कर्णाली दैलेख बाट खटीएका संयुक्त प्रहरी टोलीले आठबिसकोट नगरपालिका वडा नं.४ राकम बजार बाट नियनत्रणमा लिई जिल्ला प्रहरी कार्याल दैलेख ल्याई सम्मानित जिल्ला अदालत दैलेख बुझाइएको ।    

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०७-२५

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० बस्ने बर्ष २१ को चन्द्र सुनार र जिल्ला कालिकोट पलाता गाउँपालिका-५ स्थायी घर भइ हाल वीरेन्द्रनगर नगरपालिका-०९ बस्ने बर्ष २७ को प्रयास बम लाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट र लागूऔषध ब्युरो सुर्खेत बाट खटिएको संयुक्त प्रहरी टोलीले निजहरूलाई शंका लागी चेक जाँच गर्दा निजहरुको साथ बाट ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ २ पुडिया (नाप तौल गर्दा ५० मिलिग्राम) र ट्रामा डोल १५ पिस (टेब्लेट) सहित निजहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भईरहेको ।