प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ ।

२०८१-०३-१२

  • A
  • A-
  • A+
Share

मुगु,

मिति २०८१।०३।१२ गते अन्दाजी १८:५० बजेको समयमा सम्मानित मुगु जिल्ला अदालत मुगुबाट लागु औषध मुद्धामा मिति २०७८।११।०९ गते फैसला भई २,०००।– ( दुई हजार ) जरिवाना तोकी फरार रहेका जिल्ला मुगु छायाँनाथ रारा नगरपालिका-०४ भामबाडा बस्ने बर्ष अन्दाजी २८ को अक्षकुमार सेजुवाललाई जिल्ला प्रहरी कार्यालय मुगु बाट खटिएको प्रहरी टोलीले ऐ.ऐ.०१ गमगढी बजारमा हिडिरहेको अवस्थामा फेला पारी रितपुर्वक पक्राउ गरी यस कार्यालयको हिरासत कक्षमा लिई राखि आवश्यक अनुसन्धान भईरहेको ।   

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०७-२५

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० बस्ने बर्ष २१ को चन्द्र सुनार र जिल्ला कालिकोट पलाता गाउँपालिका-५ स्थायी घर भइ हाल वीरेन्द्रनगर नगरपालिका-०९ बस्ने बर्ष २७ को प्रयास बम लाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट र लागूऔषध ब्युरो सुर्खेत बाट खटिएको संयुक्त प्रहरी टोलीले निजहरूलाई शंका लागी चेक जाँच गर्दा निजहरुको साथ बाट ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ २ पुडिया (नाप तौल गर्दा ५० मिलिग्राम) र ट्रामा डोल १५ पिस (टेब्लेट) सहित निजहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भईरहेको ।