फरार प्रतिवादि पक्राउ ।
२०८१-०२-३१
- A
- A-
- A+
मुगु,
मिति २०८१।०२।३० गते बिहान अन्दाजि ०६:३० बजेको समयमा सम्मानित मुगु जिल्ला अदालत मुगुबाट हातहतियार तथा खरखजाना मुद्धामा लगत नं. ६८-३८ मिति २०७६।०३।०६ गते फैसला भई २ वर्ष कैद र २०,०००।– ( बिस हजार ) जरिवाना तोकी फरार रहेका जिल्ला मुगु मुगम कार्मारोङ गाउँपालिका- ३ ताखा बस्ने वर्ष अन्दाजि ६३ को कार्मा तामाङ्लाई जिल्ला प्रहरी कार्यालय मुगुबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले निजकै घर वतनमा फेला पारी पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मुगुमा ल्याई मुगु जिल्ला अदालतमा बुझाइएको ।