अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन गरि ओसार पसार गरिरहेको टेक्टर नियन्त्रणमा लिइ कारवाही गरी छोडेको ।
२०८१-०२-२९
- A
- A-
- A+
सुर्खेत,
मिति २०८१।०२।२९ गते बिहान अन्दाजी ०९:०० बजेको समयमा जिल्ला सुर्खेत पन्चपुरी नगरपालिका वडा नं.५ देउरालिडाडा स्थित प्रचलित कानुनको प्रतिकुल हुने गरी कार्यविधी, ठेक्काको शर्त विपरीत नदी जन्य पदार्थ ग्राबेल पन्चपुरि न.पा.१० खहरे खोलावाट उत्खनन् गरी ओसार पसार गरिरहेको अवस्थामा कर्णाली प्रदेश ०२ ००१ त ०३७६ नम्बरको टेक्टरलाई इलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटिएको प्रहरी टोलिले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी पञ्चपुरी नगरपालीकाको कार्यालय बाबियाचौर सुर्खेत पठाईएकोमा, पञ्चपुरी नगरपालीकाको कार्यालयबाट जरिवाना रु १०,०००/- (दस हजार) काटि उक्त टेक्टरलाइ मिति २०८१।०२।२९ गते १५:४३ बजेको समयमा छाडिएको ।