प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन गरि ओसार पसार गरिरहेको टिप्पर नियन्त्रणमा लिइ कारबाही गरिएको ।

२०८१-०२-२८

  • A
  • A-
  • A+
Share

सुर्खेत

मिति २०८१।०२।२७ गते बिहान ०८:३० बजेको समयमा जिल्ला सुर्खेत पन्चपुरी नगरपालिका वडा नं.-९ राँग स्थित प्रचलित कानुनको प्रतिकुल हुने गरी कार्यविधी, ठेक्काको शर्त विपरीत नदीजन्य पदार्थ बालुवा/गिट्टि पन्चपुरी नगरपालिका-९ रागखोलावाट उत्खनन् गरी ओसार पसार गरिरहेको अवस्थामा कर्णाली प्रदेश ०२ ००१ख ००९८ नम्वरको टिप्परलाई इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतबाट खटिएको प्रहरी टोलिले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी पञ्चपुरी नगरपालीकाको कार्यालय बाबियाचौर सुर्खेत पठाईएकोमा, पञ्चपुरी नगरपालिकाको कार्यालयबाट जरिवाना रु ३०,०००/- (तिस हजार) काटि उक्त रसिद इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतमा पठाईएको हुदाँ ऊक्त टिप्परलाइ ऐ. १०:२५ बजेको समयमा छाडिएको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०७-२५

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० बस्ने बर्ष २१ को चन्द्र सुनार र जिल्ला कालिकोट पलाता गाउँपालिका-५ स्थायी घर भइ हाल वीरेन्द्रनगर नगरपालिका-०९ बस्ने बर्ष २७ को प्रयास बम लाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट र लागूऔषध ब्युरो सुर्खेत बाट खटिएको संयुक्त प्रहरी टोलीले निजहरूलाई शंका लागी चेक जाँच गर्दा निजहरुको साथ बाट ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ २ पुडिया (नाप तौल गर्दा ५० मिलिग्राम) र ट्रामा डोल १५ पिस (टेब्लेट) सहित निजहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भईरहेको ।