प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
कार्यक्रम तथा गतिविधिहरु

 

नेपाल प्रहरी श्रीमती संघकी केन्द्रिय अध्यक्ष श्रीमती लक्ष्मी कुँवर ज्यू लगायत कार्य समितिका पदाधिकारी ज्यूहरूद्धारा कर्णाली प्रदेश प्रहरी कार्यालय परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न
****************************************************************
मिति २०८० मंसिर २८ गते, बिहिबार ।
*************************
नेपाल प्रहरी श्रीमती संघकी केन्द्रिय अध्यक्ष श्रीमती लक्ष्मी कुँवर ज्यू लगायत कार्य समितिका पदाधिकारी ज्यूहरूबाट कर्णाली प्रदेश प्रहरी कार्यालय परिसरमा वृक्षारोपण गरिएको छ । उक्त अवसरमा रूद्राक्ष, कपुर लगायतका ५० भन्दा बढी विरूवाहरू परिसरमा रोपिएको छ  । 
कार्यक्रममा संघकी अध्यक्ष ज्यू लगायत महासचिव श्रीमती अनुश्री पाख्रीन, केन्द्रिय कार्य समिति सल्लाहाकार श्रीमती निलम कडायत, सह-कोषाध्यक्ष श्रीमती कमला खनाल, कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल ज्यू, नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेश अध्यक्ष श्रीमती बिन्दु अधिकारी ढकाल ज्यू, प्रहरी वरिष्ठ उपरीक्षक शुसिल सिंह राठौर, प्रहरी बरिष्ठ उपरीक्षक बीर बहादुर ओली, श्रीमती संघकी सदस्य श्रीमती भूमिका तारमी मगर, प्रहरी अधिकृत तथा जवानहरु लगायतको उपस्थिती रहेको थियो ।

 

नेपाल प्रहरी श्रीमती संघद्धारा कर्णालीमा कारागारलाई किताब अभियान अन्तर्गत पुस्तक हस्तान्तरण
**************************************************************
मिति २०८० मंसिर २८ गते, बिहिबार ।
*************************
नेपाल प्रहरी श्रीमती संघकी केन्द्रिय अध्यक्ष श्रीमती लक्ष्मी कुँवर ज्यू लगायत कार्य समितिका पदाधिकारी ज्यूहरूले कर्णालीमा कारागारलाई किताब अभियान अन्तर्गत अभियानका अभियान्ता तथा सदस्य खगेन्द्र अधिकारीलाई कथा, कविता, जिवनी, विभिन्न कृतिहरू लगायतका ७५ थान पुस्तक हस्तान्तरण गर्नु भएको छ । 
किताब हरेक मानिसलाई बदल्ने एक साधन भएकोले जेल जिवन बिताई रहेका कैदी/बन्दीहरूलाई सकारात्मक सोचाई विकासमा सहयोग पुग्ने विश्वास संघकी केन्द्रिय अध्यक्ष लक्ष्मी कुँवर ज्यूले बताउनु भयो । 
कार्यक्रममा संघकी अध्यक्ष ज्यू लगायत महासचिव श्रीमती अनुश्री पाख्रीन, केन्द्रिय कार्य समिति सल्लाहाकार श्रीमती निलम कडायत, सह-कोषाध्यक्ष श्रीमती कमला खनाल साथै र कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल ज्यू, नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेश अध्यक्ष श्रीमती बिन्दु अधिकारी ढकाल ज्यू, प्रहरी वरिष्ठ उपरीक्षक शुसिल सिंह राठौर, प्रहरी बरिष्ठ उपरीक्षक बीर बहादुर ओली, श्रीमती संघकी सदस्य श्रीमती भूमिका तारमी मगर ,प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो । साथै कार्यक्रम संचालन यस कार्यालयका प्रहरी निरीक्षक धर्मराज जोशीले गर्नुभएको थियो ।

 

नेपाल प्रहरी श्रीमती संघकी केन्द्रिय अध्यक्ष श्रीमती लक्ष्मी कुँवर ज्यू लगायत कार्य समितिका पदाधिकारी ज्यूहरूको पत्रकारसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम
******************************************************

मिति २०८० मंसिर २८ गते, बिहिबार ।
*************************
नेपाल प्रहरी श्रीमती संघकी केन्द्रिय अध्यक्ष श्रीमती लक्ष्मी कुँवर ज्यू लगायत कार्य समितिका पदाधिकारी ज्यूहरूको उपस्थितिमा श्रीमती संघले विभिन्न कार्यक्रमहरूको सम्बन्धमा पत्रकार भेटघाट  सम्पन्न् गरिएको छ । 
नेपाल प्रहरी श्रीमती संघकी केन्द्रिय अध्यक्ष श्रीमती लक्ष्मी कुँवर ज्यूले नेपाल प्रहरीले स्थापना कालदेखि नै मानविय सेवा प्रदानको लागि विभिन्न कामहरू सञ्चालन गर्दै आईरहेकोमा हालसम्म नेपाल प्रहरी श्रीमती संघले गरेका गतिविधिहरू वातावरणिय स्वच्छता तथा सरसफाई, नि:शुल्क स्वास्थ्य सेवा कार्यक्रम, अमर, पूर्व, असक्त प्रहरी कर्मचारी तथा परिवारलाई सहयोग, सचेतनामूलक कार्यक्रम, भूकम्प पीडितलाई सहायता कार्यक्रम जस्ता विविध गतिविधहरूको चर्चा र आम नागरिकलाई पुगेको सेवा सम्बन्धमा जानकारी गराउनु भयो ।
त्यसैगरी नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेशकी अध्यक्ष श्रीमती बिन्दु अधिकारी ढकाल ज्यूले श्रीमती संघ कर्णाली प्रदेशले कार्य समिति गठन भए पश्चात कर्णाली प्रदेश भित्र गरेको सरसफाई, नि:शुल्क स्वास्थ्य 
शिविर कार्यक्रम, राउटे समुदायमा अन्तरक्रिया तथा छलफल, वृक्षारोपण कार्यक्रम, फेसबुक पेज सञ्चालन, बिरामीलाई फलफूल वितरण, रक्तदान लगायतका विविध कार्यक्रमहरूको सम्बन्ध जानकारी गराउनु भयो ।
त्यसैगरी श्रीमती संघकी अध्यक्ष ज्यूले संघको आमागी भावियोजनाहरू छोटो अवधिका स्वरोजगार कार्यक्रमका लागि ऋण/अनुदान, सिपमूलक तालिमहरू, गतिविधि सञ्चालनका लागि सवारी साधन व्यवस्थापन, नागरिकका लागि एम्बुलेन्स , सामाजिक सचेतनाका लागि निःशुल्क परामर्श केन्द्र, पेट्रोल पम्पको विस्तार, लागुऔषध दुर्व्यसनी सुधारका लागि आसरा सुधार केन्द्र साथै श्रीमती संघ छात्रवृति कोषको स्थापना गर्ने रहेको बताउनु भयो । 
कार्यक्रममा संघकी अध्यक्ष ज्यू लगायत महासचिव श्रीमती अनुश्री पाख्रीन, केन्द्रिय कार्य समिति सल्लाहाकार श्रीमती निलम कडायत, सह-कोषाध्यक्ष श्रीमती कमला खनाल साथै र कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल ज्यू, नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेश अध्यक्ष श्रीमती बिन्दु अधिकारी ढकाल ज्यू, प्रहरी वरिष्ठ उपरीक्षक शुसिल सिंह राठौर, प्रहरी बरिष्ठ उपरीक्षक बीर बहादुर ओली, श्रीमती संघकी सदस्य श्रीमती भूमिका तारमी मगर, नेपाल पत्रकार महासंघ सुर्खेत जिल्ला अध्यक्ष लगायतका विभिन्न मिडियामा आवद्ध सञ्चारकर्मीहरू र प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो । साथै कार्यक्रम संचालन यस कार्यालयका प्रहरी निरीक्षक धर्मराज जोशीले गर्नुभएको थियो ।

 

नेपाल प्रहरी श्रीमती संघ, कर्णाली प्रदेशकी अध्यक्ष श्रीमती बिन्दु अधिकारी ढकालज्यूद्धारा कर्णाली प्रदेश श्रीमती संघको गतिविधि तथा उपलब्धी सम्बन्धी प्रस्तुतिकरण 
****************************************************************
मिति २०८० मंसिर २८ गते, बिहिबार ।
*************************
नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेशको अध्यक्ष श्रीमती बिन्दु अधिकारी ढकाल ज्यूको अध्यक्षता तथा नेपाल प्रहरी श्रीमती संघकी केन्द्रिय अध्यक्ष लक्ष्मी कुँवर ज्यूको प्रमुख आतिथ्यतामा श्रीमती संघ कर्णाली प्रदेशको गतिविधि तथा उपलब्धिहरूको बारेमा प्रस्तुतिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 
मिति २०८०।०४।०५ गते श्रीमती संघ कर्णाली प्रदेशको कार्यसमिति गठन पश्चात गरेका विभिन्न गतिविधि तथा उपलब्धीहरूको सम्बन्धमा श्रीमती संघ कर्णाली प्रदेशकी अध्यक्ष श्रीमती बिन्दु अधिकारी ढकालले प्रस्तुती गर्नु   भएको थियो ।
उक्त प्रस्तुतिमा नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेशको कार्य समिति गठन, वृक्षारोपण, सुर्खेत जिल्ला गुर्भाकोट ८ मेहेलकुनामा नि:शुल्क स्वास्थ्य शिविर, देउती बज्यै मन्दिर परिसरमा सरसफाई, सुर्खेत स्थित अमर, पूर्व एवम् बहालवाला प्रहरी परिवारसँग अन्तरक्रिया, कारागारमा पुस्तक हस्तान्तरण, नेपाल पुलिस स्कुल सुर्खेतमा शैक्षिक समाग्री वितरण, दैलेख जिल्लामा राउटे बस्तीमा खाद्यान्न वितरण, अमर/पूर्व एवम् बहालवाला प्रहरी परिवारसँग स्वरोजगार सम्बन्धी अन्तरक्रिया र सैद्धान्तिक तथा व्यवहारिक तालिम, फूलखेती, फेसबुक पेज सञ्चालन, श्रीमती संघको ३९ औँ वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम, लुम्बिनी प्रदेश प्रहरी अस्पताल ने.ग.मा रहेका बिरामीलाई फलफुल वितरण तथा स्वास्थ्यकर्मीलाई कदर पत्र/प्रशंसा पत्र वितरण लगायतका विविध गतिविधिहरू समेटिएको विषयवस्तुहरू प्रस्तुत गर्नु भएको थियो ।   
कार्यक्रममा संघकी अध्यक्ष ज्यू लगायत महासचिव श्रीमती अनुश्री पाख्रीन, केन्द्रिय कार्य समिति सल्लाहाकार श्रीमती निलम कडायत, सह-कोषाध्यक्ष श्रीमती कमला खनाल साथै र कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल ज्यू, नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेश अध्यक्ष श्रीमती बिन्दु अधिकारी ढकाल ज्यू, प्रहरी वरिष्ठ उपरीक्षक शुसिल सिंह राठौर, प्रहरी बरिष्ठ उपरीक्षक बीर बहादुर ओली, श्रीमती संघकी सदस्य श्रीमती भूमिका तारमी मगर, प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो । साथै कार्यक्रम संचालन यस कार्यालयका प्रहरी निरीक्षक धर्मराज जोशीले गर्नुभएको थियो ।

 

नेपाल प्रहरी श्रीमती संघकी केन्द्रिय अध्यक्ष श्रीमती लक्ष्मी कुँवरज्यूबाट नेपाल प्रहरी श्रीमती संघ, कर्णाली प्रदेशको कार्यालय समुद्घघाटन सु-सम्पन्न
*****************************************************************
मिति २०८० मंसिर २८ गते, बिहिबार ।
*************************
नेपाल प्रहरी श्रीमती संघकी केन्द्रिय अध्यक्ष श्रीमती लक्ष्मी कुँवर ज्यूको प्रमुख आतिथ्यतमा कर्णाली प्रदेश प्रहरी कार्यालय परिसरभित्र नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेशको कार्यालय समुद्घघाटन सम्पन्न भएको छ । प्रमुख अतिथिज्यू श्रीमती संघकी केन्द्रिय अध्यक्ष लक्ष्मी कुँवर ज्यूबाट रिबन काट्नुको साथै शिलालेख अनावरण गरी कार्यालयको समुद्घघाटन सम्पन्न भएको हो ।
प्रमुख अतिथि श्रीमती संघकी अध्यक्ष ज्यूले आगामि दिनहरूमा नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेशले विभिन्न कार्यहरू सञ्चालन गरी श्रीमती संघको उपस्‍थिती र सेवामूखी कार्यलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नु भयो । 
कार्यक्रममा संघकी अध्यक्ष ज्यू लगायत महासचिव श्रीमती अनुश्री पाख्रीन, केन्द्रिय कार्य समिति सल्लाहाकार श्रीमती निलम कडायत, सह-कोषाध्यक्ष श्रीमती कमला खनाल साथै र कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल ज्यू, नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेश अध्यक्ष श्रीमती बिन्दु अधिकारी ढकाल ज्यू, प्रहरी वरिष्ठ उपरीक्षक शुसिल सिंह राठौर, प्रहरी बरिष्ठ उपरीक्षक बीर बहादुर ओली, श्रीमती संघकी सदस्य श्रीमती भूमिका तारमी मगर, प्रहरी अधिकृतहरू समेतको उपस्थिति रहेको थियो । साथै कार्यक्रम संचालन यस कार्यालयका प्रहरी निरीक्षक धर्मराज जोशीले गर्नुभएको थियो ।

 

नेपाल प्रहरी श्रीमती संघद्धारा कर्णाली प्रदेश प्रहरी विद्यालयका २० जना विद्यार्थीहरूलाई शैक्षिक साम्रागी वितरण
**************************************************************
मिति २०८० मंसिर २८ गते, बिहिबार ।
*************************
नेपाल प्रहरी श्रीमती संघकी केन्द्रिय अध्यक्ष श्रीमती लक्ष्मी कुँवर ज्यूले कर्णाली प्रदेश प्रहरी विद्यालय सुर्खेतका १ देखी ७ सम्मका २० जना  गरिब, जेहेन्दार  छात्र/छात्राहरूलाई  शैक्षिक समाग्री वितरण गरिएको छ । त्यसैगरी श्रीमती संघबाट प्राप्त छात्रवृती सम्बन्धित विद्यार्थी तथा अभिभावकलाई हस्तान्तरण समेत गरिएको छ ।
उहाँले श्रीमती संघबाट प्रदान गरिएको सानो सहयोगबाट बालबालिकाहरूलाई पढाईमा प्रोत्साहन मिल्ने र थप रूचि बढ्ने अपेक्षा गरिएको  कुरा श्रीमती संघकी केन्द्रिय अध्यक्ष श्रीमती लक्ष्मी कुँवर ज्यूले बताउनु भयो ।
कार्यक्रममा संघकी अध्यक्ष ज्यू लगायत महासचिव श्रीमती अनुश्री पाख्रीन, केन्द्रिय कार्य समिति सल्लाहाकार श्रीमती निलम कडायत, सह-कोषाध्यक्ष श्रीमती कमला खनाल साथै र कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल ज्यू, नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेश अध्यक्ष श्रीमती बिन्दु अधिकारी ढकाल ज्यू, प्रहरी वरिष्ठ उपरीक्षक शुसिल सिंह राठौर, प्रहरी बरिष्ठ उपरीक्षक बीर बहादुर ओली, श्रीमती संघकी सदस्य श्रीमती भूमिका तारमी मगर, प्रहरी अधिकृतहरू, कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रधानाध्यापक सुनिल देवकोटा र समादेशक समेतको उपस्थिति रहेको थियो ।  विद्यालयका प्रधानध्यापक सुनिल देवकोटा ज्यूले नेपाल प्रहरी श्रीमती संघले सम्भवत पहिलो पटक कर्णाली प्रदेशमा यस्तो उदाहरणिय कार्यक्रम गरी विद्यार्थी, आम नागरिक र समग्र विद्यालय परिवारको हौसला अभिवृद्धि गरेको कुरा बताउनु भयो ।  कार्यक्रम संचालन प्रधानाध्यापक सुनिल देवकोटा ज्यूले गर्नुभएको थियो ।


नेपाल प्रहरी श्रीमती संघद्धारा मानव सेवा आश्रमका आश्रितहरूलाई दिवा खाना वितरण 
*****************************************************************
मिति २०८० मंसिर २८ गते, बिहिबार ।
*************************
नेपाल प्रहरी श्रीमती संघकी केन्द्रिय अध्यक्ष श्रीमती लक्ष्मी कुँवर ज्यूको नेतृत्वमा कार्य समितिका पदाधिकारी ज्यूहरूबाट सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका वडा न. १२ मा रहेको मानव सेवा आश्रमका ८८ जना असाहय, अशक्त, आश्रित व्यक्तिहरूलाई दिवा खाना (भोजन वितरण) गरिएको छ  । 
सेवा भावले अग्र पंक्तिमा अग्रसर भईरहने नेपाल प्रहरी श्रीमती संघको उद्देश्य मानविय सेवा प्रदान गर्ने भएकाले विभिन्न कारणले आश्रमको साहारामा जिवन बिताईरहेका मानिसहरूलाई थोरैभएपनि सहयोग होस भन्ने अभिप्रायले दिवा खानाको व्यवस्था गरिएको कुरा श्रीमती संघकी केन्द्रिय अध्‍यक्ष लक्ष्मी कुँवर ज्यूले बताउनु भयो ।  
कार्यक्रममा संघकी अध्यक्ष ज्यू लगायत महासचिव श्रीमती अनुश्री पाख्रीन, केन्द्रिय कार्य समिति सल्लाहाकार श्रीमती निलम कडायत, सह-कोषाध्यक्ष श्रीमती कमला खनाल साथै र कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल ज्यू, नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेश अध्यक्ष श्रीमती बिन्दु अधिकारी ढकाल ज्यू, सदस्य श्रीमती भूमिका तारमी मगर लगायत प्रहरी वरिष्ठ उपरिक्षक शुशिल सिंह राठौर, प्रहरी वरिष्ठ उपरीक्षक बीर बहादुर ओली लगायत अन्य प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो । साथै कार्यक्रम संचालन प्रहरी वरिष्ठ उपरीक्षक बीर बहादुर ओलीले गर्नुभएको थियो ।
 

 

नेपाल प्रहरी श्रीमती संघद्धारा सुर्खेतको देउती बज्यै मन्दिर परिसरमा सरसफाई कार्यक्रम
**************************************************************
मिति २०८० मंसिर २८ गते, बिहिबार ।
*******************************
नेपाल प्रहरी श्रीमती संघकी केन्द्रिय अध्यक्ष श्रीमती लक्ष्मी कुँवर ज्यू लगायत कार्य समितिका पदाधिकारी ज्यूहरूबाट सुर्खेतको देउति बज्यै मन्दिरमा सरसफाई कार्यक्रम गरिएको छ । उक्त अवसरमा मन्दिर परिसरमा वृक्षारोपण समेत गरिएको थियो । 
सेवा भावले अग्र पंक्तिमा अग्रसर भईरहने नेपाल प्रहरी श्रीमती संघको उद्देश्य मानविय सेवासँगसँगै पर्यावरणिय स्वच्छता एवम् सरसफाई मार्फत जनचेतना अभिवृद्धि समेत कायम गर्ने रहेकाले देउती बज्यै जस्तो पवित्र शक्तिपिठ मन्दिरमा सरसफाइ गर्दा वातावरण स्वच्छ हुने र पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने कुरा श्रीमती संघकी केन्द्रिय अध्यक्ष श्रीमती लक्ष्मी कुँवर ज्यूले बताउनु भयो । 
सरसफाई कार्यक्रममा संघकी अध्यक्ष ज्यू लगायत महासचिव श्रीमती अनुश्री पाख्रीन, केन्द्रिय कार्य समिति सल्लाहाकार श्रीमती निलम कडायत, सह-कोषाध्यक्ष श्रीमती कमला खनाल साथै र कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल ज्यू, नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेश अध्यक्ष श्रीमती बिन्दु अधिकारी ढकाल ज्यू, प्रहरी वरिष्ठ उपरीक्षक शुसिल सिंह राठौर, प्रहरी बरिष्ठ उपरीक्षक बीर बहादुर ओली, श्रीमती संघकी सदस्य श्रीमती भूमिका तारमी मगर, प्रहरी अधिकृत तथा जवानहरू र मन्दिर व्यवस्थापन समितिका सदस्यहरूको समेत उपस्थिति रहेको थियो ।


नेपाल प्रहरी श्रीमती संघद्धारा राउटे समुदायमा स्वास्थ्य शिविर सञ्चालन
**************************************************************
मिति २०८० मंसिर २७ गते, बुधबार ।
*******************************
नेपाल प्रहरी श्रीमती संघकी केन्द्रिय अध्यक्ष श्रीमती लक्ष्मी कुँवर ज्यू लगायत कार्य समितिका पदाधिकारी ज्यूहरूबाट दैलेख जिल्ला स्थित भैरबी गाउँपालिका वडा नम्बर ५ कागेतडामा बसोबास गर्दै आईरहेका लोपन्मुख राउटे समुदायमा ‘स्वास्थ्य शिविर” सञ्चालन गरिएको छ । सल्लाको दियाँलो बालेर शुभारम्भ गरिएको उक्त शिविरमा न्यानो कपडा, बिस्कुट र फलफूल समेत वितरण गरिएको थियो । 
दैलेख जिल्लाको भैरबी गाउँपालिका वडा नम्बर ५ स्थित कागेतडामा बसोबास गर्दै राउटे समुदायका १७ महिला र ३९ पुरूष गरी ५६ जनाको स्वास्थ्य चेकजाँच र औषधी वितरण गर्नुको साथै १५६ जनालाई जाडोबाट बच्नको लागि न्यानो कपडा (कम्बल), १५ कार्टुन बिस्कुट र ३ कार्टुन फलफूल समेत वितरण गरिएको थियो । 
सेवा भावले अग्र पंक्तिमा अग्रसर भईरहने नेपाल प्रहरी श्रीमती संघको उद्देश्य मानविय सेवा प्रदान गर्ने भएकाले राउटे समुदाय पनि समाजको हिस्सेदार समुदाय भएको हुँदा यो शिविरको आयोजना गरिएको कुरा श्रीमती संघकी केन्द्रिय अध्यक्ष श्रीमती लक्ष्मी कुँवर ज्यूले बताउनु भयो । मौसम परिवर्तन सँगै जाडो मौसमको सुरूवात भई रहेको अवस्थामा राउटे समुदायको फरक जिवनशैली र पुरा शरिर ढाक्ने लुगा कपडा नलगाउने चलनका कारण चिसोबाट बच्न न्यानो कपडा (कम्बल) समेत वितरण गरिएको जानकारी गराउनु भयो । 
त्यसैगरी स्वास्थ्य शिविरबाट सम्पुर्ण राउटे समुदायले आजका दिनबाट बिरामी हुनासाथ स्वास्थ्य जाँच गराउनु पर्ने रहेछ भन्ने कुराको चेतना वृद्धि हुने र यस समुदायका मुखियाले स्वास्थ्य प्रति सचेत रहन सबैलाई जानकारी गराउने अपेक्षा पनि यस कार्यक्रमको उद्देश्य रहेको बताउनु भयो । कार्यक्रममा श्रीमती संघकी केन्द्रिय अध्यक्ष लक्ष्मी कुँवर ज्यूले स्वास्थ्य शिविर आजोजना गर्न सहयोग गर्नुहुने स्वास्थ्यकर्मीहरूलाई प्रशंसा पत्र प्रदान समेत गर्नु भएको थियो । 
नि:शुल्क स्वास्थ्य शिविर तथा न्यानो कपडा वितरण कार्यक्रममा संघकी अध्यक्ष ज्यू लगायत महासचिव श्रीमती अनुश्री पाख्रीन, केन्द्रिय कार्य समिति सल्लाहाकार श्रीमती निलम कडायत, सह-कोषाध्यक्ष श्रीमती कमला खनाल साथै नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेश अध्यक्ष श्रीमती बिन्दु अधिकारी ढकाल र कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल ज्यू, भैरवी गाउँपालिकाका अध्यक्ष रिता कुमारी शाही, कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेतका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक शुसिल सिंह राठौर, लुम्बिनी प्रदेश प्रहरी अस्पतालका प्रहरी उपरीक्षक डा. अच्युत बिक्रम हमाल, जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायव उपरीक्षक किशोर लम्साल, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख लगायत स्थानीय जनप्रतिनिधिहरू र संचारकर्मी समेतको उपस्थिती रहेको थियो ।
 

 

नेपाल प्रहरी श्रीमती संघकी केन्द्रिय अध्यक्ष श्रीमती लक्ष्मी कुँवरज्यू लगायत कार्य समितिका पदाधिकारी ज्यूहरूबाट जाजरकोट र रूकुम पश्चिमका भूकम्प पीडितहरूलाई राहात वितरण 
*********************************************************************

मिति २०८० मंसिर २६ गते, मंगलबार ।
**********************************
मिति २०८० कार्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका रामिडाँडा केन्द्रबिन्दु बनाई गएको भूकम्पबाट पीडितहरूलाई नेपाल प्रहरी श्रीमती संघद्धारा आयोजित ‘भूकम्प पीडितलाई राहात वितरण’ कार्यक्रममा संघकी केन्द्रिय अध्यक्ष श्रीमती लक्ष्मी कुँवर ज्यू लगायत कार्य समितिका पदाधिकारी ज्यूहरूबाट विभिन्न राहात सामाग्री वितरण गरिएको छ । 
जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा नम्बर १ राउत गाउँमा रहेका भूकम्प पीडितहरू सुत्केरी महिला- ४२, विद्यार्थी- ५०, मृतकका आफन्त - ३१, ज्येष्ठ नागरिक - ४ गरी जम्मा १२७ घरपरिवार र रूकुम पश्चिम आठबिसकोट नगरपालिका वडा नम्बर - १४ छेपारेमा ४२ मृतकका २८ घरपरिवारलाई राहात सामाग्री वितरण गरिएको छ । भूकम्पबाट पीडित भएका विद्यार्थीहरूको लागि झोला, कापी र कलम साथै अन्य घर परिवारलाई थर्मस, बल्याङ्केट, मोजा, ट्राउजर, मण्डी, टोपी स्विटर र Aquabox वितरण गरिएको थियो  ।  
राहात वितरणको क्रममा नेपाल प्रहरी श्रीमती संघकी केन्द्रिय अध्यक्ष लक्ष्मी कुँवर ज्यूले जाजरककोट र रूकुम पश्चिमामा स्थलगत रूपमा पुगी भूकम्प प्रभावित व्यक्ति, परिवारलाई आफूहरूले गरेको मानविय सहयोगबाट आपसी सद्भाव, एकता र राष्ट्रिय भावनाको विकास हुने हुँदा यस्तो विपदको समयमा सबै एकजुट भएर एकअर्कालाई सहयोग गर्नु हामि सबैको साझा दायित्व रहेको कुरा व्यक्त गर्नु हुँदै भुकम्पमा ज्यान गुमाएका नागरिकहरू प्रति श्रद्धान्जली तथा शोक सन्तप्त परिवार प्रति समवेदना र घाईते व्यक्तिहरूको सिघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो । 
सेवा भावले अग्र पंक्तिमा अग्रसर भईरहने नेपाल प्रहरी श्रीमती संघले सदैव पीडामा परेका नागरिकहरूलाई जुनसुकै परिस्थितिमा पनि सेवा प्रदान गर्नको लागि अहोरात्र खटिरहेको र भूकम्प पीडित परिवारहरूलाई तत्काल राहात प्रदान गर्नको लागि नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा नेपाल प्रहरी श्रीमती संघको तर्फबाट रू ५ लाख ५५ हजार ५ सय ५५ रूपैँया उपलब्ध गराईसकेको व्यहोरा समेत जानकारी गराउनु भयो । 
 

 

फूलखेती
********
मिति:२०८०।०७।२३ गते ।
******************
नेपाल प्रहरी श्रीमती संघ कर्णालीको सहयोग तथा कर्णाली प्रदेश प्रहरीको सहजीकरणमा १५ जना अमर प्रहरी परिवारले सुर्खेतमा गरेको फूलखेती । ३ लाख ५ हजार अनुदानको फूलखेतिमा १५ लाख आम्दानी हुने अनुमान गरिएको छ ।
 

 

नेपाल प्रहरी श्रीमती संघ, कर्णाली प्रदेश अध्यक्षद्धारा कदर/ प्रशंसा पत्र प्रदान तथा बिरामीहरूलाई फलफूल वितरण कार्यक्रम
************************************************************
मिति २०८० असोज ७ गते । 
********************** 

नेपाल प्रहरी श्रीमती संघ, कर्णाली प्रदेशको अध्यक्ष श्रीमती बिन्दु अधिकारी ढकाल ज्यूले मिति २०८० श्रावण ६ गते सुर्खेत जिल्लाको गुर्भाकोट नगरपालिका वडा नं. ८ मेहेलकुनामा “नि:शुल्क स्वास्थ्य शिविर” कार्यक्रम सञ्चालनमा सहयोग पुर्‍याउनु हुने लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगंज बाँकेमा कार्यरत अस्पतालका प्रमुख प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक डा. अमिन कुमार श्रेष्ठ, प्राविधिक प्रहरी उपरीक्षक डा. अच्युत विक्रम हमाल, प्राविधिक प्रहरी नायव उपरीक्षक डा. आनन्द कुमार झा, प्राविधिक प्रहरी निरीक्षक डा. विवेक सुनार लगायत अन्य स्वास्थ्य कर्मीहरूलाई कदर साथै प्रशंसा पत्र प्रदान गर्नु  भएको छ  ।
कार्यक्रममा कर्णाली प्रदेश प्रहरी प्रमुख श्रीमान् प्रहरी नायव महानिरीक्षक भिम ढकालज्यू, नेपाल प्रहरी श्रीमती संघ, कर्णाली प्रदेशको उपाध्यक्ष श्रीमती जानका शाह लगायत अन्य प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो । उक्त अवसरमा नेपाल प्रहरी  श्रीमती संघ कर्णाली प्रदेशद्धारा लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा रहेका १३ जना बिरामीहरूलाई फलफूल समेत वितरण गरिएको थियो । 

 

नेपाल प्रहरी श्रीमती संघको वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न
****************************************************
मिति २०८० श्रावण २८ गते, आईतबार ।
***************************
“नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सव” को अवसरमा नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी सुर्खेत शाखा र कर्णाली प्रदेश प्रहरी स्वास्थ्य उपचार केन्द्रको सहयोगमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । प्रमुख अतिथि कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री माननीय कृष्ण बहादुर जि.सी.ज्यू र कर्णाली प्रदेश प्रहरी प्रमुख भिम ढकालज्यू लगायत प्रहरी अधिकृत तथा जवानहरूका साथै सर्वसाधारण गरी जम्मा ४१ जनाले रक्तदान गर्नु भएको थियो । कार्यक्रममा रक्तदान गर्नेहरूलाई प्रदेश प्रहरी प्रमुखज्यूबाट सम्मानपत्र समेत प्रदान गरिएको थियो ।   
 

 

सामूहिक फुल खेती अभिमुखिकरण तालिम
*****************************
मिति:२०८० श्रावण २७ गते, शनिबार ।
*************************
यस कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा अमर, अशक्त प्रहरी परिवारहरुलाई वीरेन्द्रनगर नगरपालिकाबाट पाल्नु भएका विज्ञ प्रशिक्षकहरुबाट सामूहिक फुल खेती सम्बन्धि ५ दिने अभिमुखिकरण तालिम सुरु गरिएको छ ।
 

 

नेपाल प्रहरी श्रीमती संघको वार्षिक उत्सवको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न
******************************************************
मिति २०७९ श्रावण २५ गते, बिहिबार ।
********************
नेपाल प्रहरी श्रीमती संघको ३९ औँ वार्षिक उत्सवको अवसरमा कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री माननिय कृष्ण बहादुर जि.सी.ज्यू र कर्णाली प्रदेश प्रहरी प्रमुख भिम ढकालज्यूको समुपस्थिति तथा प्रहरी अधिकृत लगायत अन्य प्रहरी कर्मचारीहरूको सहभागितामा कर्णाली प्रदेश प्रहरी कार्यालयको परिसर भित्र वृक्षारोपण  सम्पन्न भएको छ । 

 

अमर, अशक्त तथा बहालवाला प्रहरी कर्मचारीहरुको परिवारसंग छलफल
************************************************
मिति:२०८० श्रावण ११ गते ।
********************
नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेश सुर्खेतका अध्यक्ष श्री बिन्दु अधिकारी ढकालज्यूको प्रमुख आतिथ्यतामा र कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकालज्यूको साथै अमर, अशक्त तथा बहालवाला प्रहरी कर्मचारीहरुका परिवारका समन्वय समितिका पदाधिकारीहरुको उपस्थितिमा अमर, अशक्त तथा बहालवाला प्रहरी कर्मचारीहरुको परिवारलाई आय आर्जनमा थप सहयोग पुग्ने गरी फूल खेती गर्ने सम्बन्धमा छलफल गरिएको छ ।
 

 

श्रीमती संघ कर्णाली प्रदेशद्धारा राउटे समुदायलाई खाद्यान्न वितरण
*********************************************
मिति:२०८० श्रावण १० गते ।
********************
नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेशको अध्यक्ष श्रीमती बिन्दु अधिकारी ढकालज्यूले दैलेख जिल्ला महाँबु गाउपालिका वडा नं.३ बाँसीको पाल्चौरको जंगलमा बसोबास गर्दै आईरहेका ४१ राउटे परिवारलाई भैरवी गाउपालिका १ दारेघाटमा खाद्यान्न वितरण गर्नु भएको छ । उक्त कार्यक्रममा संघको सह-सचिव सुष्मा थापा लम्साल र सदस्य यज्ञश्वरी भट्ट पन्त समेत सहभागी हुनुहुन्थ्यो ।
 

 

कर्णाली प्रदेश श्रीमती संघको अध्यक्षद्धारा शैक्षिक सामाग्री वितरण
******************************************
मिति:२०८० श्रावण ८ गते ।
******************
नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेशका अध्यक्ष श्रीमती बिन्दु अधिकारी ढकालज्यूबाट नेपाल पुलिस स्कूल सुर्खेतमा अध्ययनरत १०८ जना जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु वितरण गर्नु भएको छ । कार्यक्रममा कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकालज्यू, स्कूलका समादेशक प्रहरी निरीक्षक देवराज पौडेल, प्रधानाध्यापक सुनिल देवकोटा लगायतको उपस्थिती रहेको थियो ।
 

 

कर्णाली प्रदेश श्रीमती संघको अध्यक्षद्वारा पुस्तक हस्तान्तरण
***************************************
मिति:२०८० श्रावण ७ गते ।
*******************
नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेशको अध्यक्ष श्रीमती बिन्दु अधिकारी ढकालज्यूले आफ्नो कृति “मावली दिदी, बिन्दुहरु”, आफ्नो बुवा स्वर्गीय बालकृष्ण अधिकारीको कृतिहरु “नदीझैँ जिन्दगी, समृद्ध बनाउ नेपाल, राष्ट्रियता बोल्दछ” तथा आफ्नो ससुरा बुवा सिताराम ढकालको “जेष्ठ नागरिक योद्धा सिताराम ढकाल” समेतका किताबहरु एक समारोहबीच “कारागारमा किताब अभियान” का सह-संयोजक ज्योती कटुवाललाई हस्तान्तरण गर्नु भएको छ । उक्त कार्यक्रममा साहित्यकार देविका तिमिल्सिना, सामाजिक अभियान्ता हासा मल्ल, लक्ष्मी भट्टराई लगायत किताब अभियानका सम्पूर्ण पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

 

अमर प्रहरी परिवार, पूर्व एवं बहालवाला प्रहरी परिवारसंग अन्तरक्रिया
**********************************************
मिति:२०८० श्रावण ७ गते ।
नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेशका अध्यक्ष श्रीमती बिन्दु अधिकारीज्यूको अध्यक्षता एवं कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख भिम ढकालज्यूको उपस्थितिमा अमर प्रहरी परिवार, पूर्व एवं बहालवाला प्रहरी परिवारसंग अन्तरक्रिया कार्यक्रम गरिएको छ । सो अवसरमा अमर प्रहरी परिवार, पूर्व एवं बहालवाला प्रहरी परिवारको उत्थान एवं वृत्ती विकासका लागि आय आर्जन गर्ने विभिन्न सीपमूलक तालिम संचालन गर्न, नियमित भेटघाट र गुनासो सम्वोधन गर्न, एकल महिला भत्ता, व्यवसाय गर्न सहुलियत ऋण, शैक्षिक छात्रवृत्ती लगायत अन्य हितमुलक कार्यक्रमका लागि अमर प्रहरी परिवार, पूर्व एवं बहालवाला प्रहरी परिवारको समन्वय समिति बनाई नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डप काठमाण्डौसँग आवश्यक समन्वय गर्दै जाने बिषयमा छलफल भएको छ ।

 

सुर्खेतको देउती बज्यै मन्दिर परिसरमा सरसफाई कार्यक्रम
****************************************
मिति २०८० श्रावण ०७ गते 
*******************
आज मिति २०८० श्रावण ७ गते नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेशद्धारा सुर्खेतको देउती बज्यै मन्दिर परिसरमा सरसफाई कार्यक्रम गरिएको छ । उक्त कार्यक्रममा श्रीमती संघ कर्णाली प्रदेशका अध्यक्ष श्रीमती बिन्दु अधिराकरी ढकालज्यू , कर्णाली प्रदेश प्रहरी प्रमुख भिम ढकालज्यू, श्रीमती संघका सचिव शुष्मा शाह, सदस्य बन्दना खड्का, प्रहरी वरिष्ठ उपरीक्षक गोपालचन्द्र भट्टराई, प्रहरी उपरीक्षक राम प्रकाश शाह र योगेन्द्र सिंह थापा तथा प्रदेश, गण, ट्राफिक साथै जिल्ला प्रहरी कार्यालय सुर्खेतका महिला प्रहरी कर्मचारीहरुको समेत सहभागिता रहेको थियो । 
 

 

नेपाल प्रहरी श्रीमती संघ, कर्णाली प्रदेशको “नि:शुल्क स्वास्थ्य शिवर” 
***********************
मिति २०८० श्रावण ६ गते । 
***********************
नेपाल प्रहरी श्रीमती संघ, कर्णाली प्रदेशको आयोजनामा सुर्खेत जिल्लाको गुर्भाकोट नगरपालिका वडा नं. ८ मेहेलकुनामा आज मिति २०८० श्रावण ६ गते १ दिने “नि:शुल्क स्वास्थ्य शिविर” कार्यक्रम सञ्चालन गरिएको छ । लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगंज समेतको सहयोगमा उक्त शिविर सञ्चालन गरिएको हो । कार्यक्रमको अध्यक्षता नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेशको अध्यक्ष श्रीमती बिन्दु अधिकारी ढकाल ज्यूले गर्नु भएको थियो भने प्रुमुख अतिथि कर्णाली प्रदेश सभा सदस्य माननिय बलिमाया बुढा र विशेष अतिथिमा गुर्भाकोट नगरपालिकाका उप-प्रमुख मैना बि.क र कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भिम ढकालज्यू हुनहुन्थ्यो । स्त्रीरोग, नाक, कान घाँटी, हाड जोर्नि, जनरल फिजिसियन तथा दाँत समेतको समस्याहरूको चेकजाँच गरिएको उक्त शिविरमा ७९६ जना स्थानिय नागरिकले सेवा प्राप्त गरेका थिए ।
 

 

नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेशको समिति गठन

****************************************

मिति २०८० श्रावण ५ गते,

कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्रीमान् भिम प्रसाद ढकाल ज्यूको प्रमुख आतिथ्यता र श्रीमती बिन्दु अधिकारी ढकाल ज्यूको अध्यक्षतामा आज मिति २०८० श्रावण ५ गते कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत(हाल नेपालगंज) मा “नेपाल प्रहरी श्रीमती संघ, कर्णाली प्रदेश” को  देहाय बमोजिमको पदाधिकारी रहने गरी कार्य समिति गठन  गरियो ।

अध्यक्ष श्रीमती बिन्दु अधिकारी ढकाल   नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेश
उपाध्यक्ष  श्रीमती जानका शाह नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेश
उपाध्यक्ष श्रीमती प्रिया निरौला भट्टराई  नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेश
सचिव  श्रीमती सुष्मा शाह     नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेश
सह सचिव श्रीमती  सरिता गौतम (कार्यक्रम)    नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेश
सह सचिव  श्रीमती सुष्मा थापा लम्साल (प्रशासन)    नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेश
कोषाध्यक्ष  श्रीमती पुष्पा पाल शाही    नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेश
सदस्य  श्रीमती बिना कुमारी शाही   नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेश
सदस्य श्रीमती चन्द्रा बडुवाल बिष्ट नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेश
सदस्य श्रीमती सुकमाया सुनार    नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेश
सदस्य श्रीमती कल्पना गिरी     नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेश
सदस्य श्रीमती बन्दना कुमारी बिष्ट      नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेश