प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

विभिन्न मुद्धाका फरार प्रतिवादी पक्राउ ।

२०७९-१२-२८

  • A
  • A-
  • A+
Share

रूकुम पश्चिम, जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिम बाट खटिएको प्रहरी टोलीले निम्न स्थान बस्ने विभिन्न मुद्धाका फरार प्रतिवादीहरूलाई पक्राउ गरी जिल्ला अदालत रूकुम पश्चिम उपस्थित  गराएको ।


१. लगत नं ९६६ मुद्धामा  दुई हजार पाँच सय जरिवाना तोकिएका चौरजहारी नगरपालिका वडा नं १ नाखिरा बस्ने सिद्धान्त वि.क.

२.लगत नं १०६२ जबरजस्ति करणी उद्योग मुद्धामा जरिवाना रू पाच हजार रूपैयाँ सजाय तोकिएको सानीभेरी गाउपालिका वडा नं १ चाईनाबगर बस्ने बर्ष १९ की प्रेमकला बोहरा

३.लगत नं ९११ वाल विवाह मुद्धामा जरिवाना रू तिन हजार तोकिएका सानीभेरी गाउपालीका वडा नं ४ गाउँभेरी बस्ने वर्ष ३४ कि टिका वि. क

४. लगत नं ११८७ लागू औषध चरेश मुद्धामा ३१ दिन कैद र रू २००० जरिवाना तोकिएकी बाँफिकोट गाउपालिका वडा नं ६ बस्ने वर्ष ५० की  मिना कुमारी शाही । 

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८०-११-१४

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-९ पिपलडाँडा बस्ने बर्ष ३० को सनतराज बोगटिको घरमा लागूऔषध कारोबार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा लागूऔषध ब्युरो कर्णाली प्रदेश सुर्खेत शाखा बाट खटिएको प्रहरी टोलि र जिल्ला प्रहरी कार्यालय सुर्खेत र अस्थायी प्रहरी बिट लाटिकोईलि सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलिले निजको घरमा चेक जाँच गर्दा निजको घरको सुत्ने कोठा र घरको छतमा लुकाई छिपाई राखेको अवस्थामा नापतौल नगरेको ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ ८४ पुडिया, ठुलो २ पोका, निजले प्रयोग गर्ने भे.५ प. ५६४१ नं. को मोटरसाईकल  र कैचि थान १ सहित बरामद गरी निजलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भईरहेको ।