प्रहरी कार्यालय
सुर्खेत , मिति २०८१।०२।०१ गते जिल्ला सुर्खेत विरेन्द्रनगर नगरपालिका वडा नं. ४ खोर्के सडक खण्ड स्थित लागु औषध बेचबिखन भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा लागु औषध नियन्त्रण शाखा कार्यालय सुर्खेत र अस्थाइ प्रहरी बिट सहिद पार्क बाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला सुर्खेत विरेन्द्रनगर नगरपालिका वडा नं. ४ बस्ने बर्ष ३५को कमल पन्त र ऐ.ऐ.बस्ने बर्ष २५ को निशान्त खत्रीलाई चेकजाँच गर्ने क्रममा निजहरुको साथ बाट ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ (नाप तौल नभएको) ४ पुडिया , नाईट्रोजेसन नामक ट्यावलेट १ पुडिया सहित फेला पारी बरामद गरी निजहरु लाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भईरहेको ।
मिति २०८१।०१।२६गते अ. १०:३० बजे लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलिले जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं.-११ धुलियाबिटमा शंकास्पद अवस्थामा रहेका ऐ.ऐ. बस्ने वर्ष १९ को र ऐ.ऐ. बस्ने बर्ष २० को व्यक्तिको साथबाट लागूऔषध जस्तो देखिने खैरो धुलो पदार्थ नापतौल नगरेको १७ पुडिया र विभिन्न सामानहरू फलामको नक थान-१, कैची थान-१, पिलेट थान-१, मोबाईल थान-१, धागो गोली थान-१ र नगद रु ७७७० सहित फेला पारी निजहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।
सल्यान सम्मानित जिल्ला अदालत सल्यानको लगत नं. ९१ मिति २०५९।१०।२६ गते को फैसला अनुसार २ बर्ष कैद सजाय तोकिएको लागु औषध (गाजा,चरेश) मुद्दाको फरार प्रतिबादी जिल्ला सल्यान बनगाड कुपिण्डे नगरपालिका-४ कालापानी बस्ने बर्ष ७७ को मनबिर पुन मगर लाई निजको घर वतन बाट ईलाका प्रहरी कार्यालय देवस्थलबाट खटिई गएको प्रहरी टोलिले पक्राउ गरी सम्मानित जिल्ला अदालतमा पेश गरिएको ।
सल्यान, सम्मानित जिल्ला अदालत सल्यानको लगत नं. ९१ मिति २०५९।१०।२६ गतेको फैसला अनुसार २ बर्ष कैद सजाय तोकिएको लागु औषध (गाजा,चरेश) मुद्दाको फरार प्रतिवादी जिल्ला सल्यान बनगाड कुपिण्डे नगरपालिका-४ कालापानी बस्ने बर्ष ६८ को प्रेम बहादुर पुन भन्ने गोबर्धन पुन लाई जिल्ला जाजरकोट शिवालय गाउँपालिका-१ मोर्ख बाट ईलाका प्रहरी कार्यालय देवस्थलबाट खटिएको प्रहरी टोलिले पक्राउ गरी सम्मानित जिल्ला अदालतमा पेश गरिएको ।
सुर्खेत, मिती २०८१।०१।१४ गते जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-११ ब्यूरेनि स्थित लागूऔषध ब्युरो नियन्त्रण शाखा कार्यालय सुर्खेत बाट खटिएको प्रहरी टोलीले नेपालगंज देखि सुर्खेत तर्फ आउदै गरेको क.प्र.००६३९२ नं. को. मोटरसाईकललाई चेकजाँच गर्दा जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-७ बस्ने बर्ष अ.२७ को नरेन्द्र ठाडाँ मगर र ऐ.ऐ. बस्ने बर्ष अ. ३८ को दुर्ग ब. अधिकारीको साथ बाट लागूऔषध खैरो हिरोईन जस्तो देखिने ४ पोका (नाप तौल नभएको) नापतौल गर्दा शुद्ध तौल ५ ग्राम १६० मिली ग्राम फेला पारी नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भईरहेको ।
सुर्खेत, मिती २०८१।०१।१४ गते जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-१० तोलिखोला स्थित रत्नराजमार्गमा ड्युटिमा खटिएको प्रहरी टोलिले नेपालगंज बाट सुर्खेत तर्फ आउदै गरेको क.प्र.०२-००१प ७२२३ न.को मोटरसाईकल लाई शंकास्पद लागि चेकजाँच गर्ने क्रममा उक्त मोटरसाईकलको पेट्रोल हाल्ने प्वालमा भ्यासस्लिङको डिब्बामा लुकाई छिपाई राखेको लागू औषध ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ थान- ५ पुडिया फेलापारि मोटरसाईकल चालक जिल्ला सुर्खेत लेकबेशी नगरपालिका-०३ गोरामारे बस्ने बर्ष २० को व्यक्ति र सोही मोटरसाईकलमा सवार जिल्ला सुर्खेत पञ्चपुरी नगरपालिका-७ बस्ने बर्ष १९ को व्यक्तिलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय छिन्चुमा ल्याई थप अनुसन्धान भईरहेको ।
सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-३ तातापानी बस्ने बर्ष अ.२५/२६ को बिशाल खत्री जिल्ला विद्युत कार्यालय सुर्खेतको कर्मचारी मिती २०८१-०१-११ गते बराहताल गाउँपालिका-८ दम्मारे स्थित विद्युतको तार मर्मत गर्ने क्रममा करेन्ट लागी घाईते भई उपचारको लागी कर्णाली प्रदेश अस्पताल कालागाउ सुर्खेत ल्याईएकोमा डाक्टरले मृत घोषण गरेको ।
सुर्खेत, मिती २०८१-०१-११ गते लागूऔषध नियन्त्रण ब्यूरो शाखा सुर्खेतबाट खटिएको प्रहरी टोलिले जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-४ बस्ने बर्ष ३० को हेमन्त बि.क. लाई निजकै घर बाट चेक जाँच गर्दा निजको साथबाट नापतौल नगरेको लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ ५ पुडिया (नापतौल गर्दा शुद्व १४० मिलिग्राम रहेको) मोबाईल थान-२, कैची थान-१ सहित नियन्त्रणमा लिइ थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई राखिएको ।