प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
समाचार : ब्ल्याकमेल
मोटरसाईकलले ठक्कर दिदा मानिस घाईते ।
२०७८-०९-२४

विमानस्थल सुरक्षागार्ड सुर्खेत:- मिति २०७८।०९।२३ गते अं. १८:२० बजेको समयमा वीरेन्द्रनगर नगरपालिका १० पदामपुर नजिक पिपिराबाट जारतर्फ जाँदै गरेको भे. ३ प. ५९०५ नं. को मोटरसाईकलले पैदल यात्री जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका -१० पदामपुर बस्ने बर्ष अं. ७० को लाटा थारुलाई ठक्कर दिँदा टाउको, खुट्टामा चोट, बोल्न सक्ने, मोटरसाईकल चालक जिल्ला जाजरकोट छेडागार्ड नगरपालिका ६ बस्ने बर्ष २२ को लक्ष्मी प्रसाद शर्मा दाहिने गाला, टाउकोमा चोट, समान्य दुबै जनाको उपचार देउती नर्सिङ होम सुर्खेतमा भईरहेको प्रहरी टोली खटिगई मोटरसाईकल ट्राफिकको नियन्त्रणमा ।

भिरबाट लडि मृत्यु ।
२०७८-०९-२३

मिति २०७८/९/२३ गते अ. १३५५ बजेको समयमा जिल्ला जाजरकोट नलगाड नलगाड नगरपालिका ४ कोठीगाँउ बस्ने बर्ष अ.७९ को पल बहादुर रावल ऐ.ऐ. बाउसेखोला स्थित कोलतीको मोडमा भिर बाट लडि मृत्यु भएको भनी स्थानीयले जानकारी गराए पश्चात यस का. बाट प्र.नि. अर्जुन सिह साउदको कमाण्डमा ६ जनाको प्रहरी टोली खटी गएको, उक्त स्थान यस का. बाट अ. १ घण्टा उत्तर पश्चिम पर्ने । अस्थाई प्रहरी पोष्ट ढाकाडाम सल्यान :- मिति २०७८।०९।२२ गते २०:४० बजेको समयमा दार्मा गाउपालिका  ५ ढाकाडाम बस्ने बर्ष ७२ की रेल्मी कामी बिहान घरबाट दाउर खोज्न जान्छु भनि गएकोमा साझाँ सम्म घर फर्की नआए पछि घर परिवारले खोजतलास गर्दै जादा सगुनगारे भिर बाट लडेर मृत्यु भएको अबस्थामा फेला परेको भनि निजको छोराले जानकारी गराए पश्चात प्रहरी टोली खटिगएको । अस्थाई प्रहरी पोष्ट करदेव कालीकोट टिपोटः- आज मिति २०७८।०९।२० गते अ.१३:३० बजेको समयमा पलाता गाउपालिका -५ सल्लीकोट बस्ने गगन शाहीको छोरा वर्ष अ.-३० को जन्मन शाही ऐ. वडा न.-०६ औलाखोला स्थित औलाखोला लघु-जलविद्युतको पावर बनाउन जाने क्रममा भिरबाट लडी मृत्यू भएको भनि स्थानीयले टेलिफोन मार्फत यस पोष्टमा जानकारी गराउन साथ प्रहरी टोली घटना स्थल तर्फ खटी गएको र थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय थिर्पु बाट थप अनुसन्धान टोली खटी ।

जुम्ला :- मृत लाश फेला ।
२०७८-०९-१३

जिल्ला प्रहरी कार्यालय जुम्ला:- मिति २०७८/०९/१३ गते अं. ०८:३० बजेको समयमा चन्दननाथ नगरपालिका -०१ वस्ने ऐ.स्थित वर्ष अं. ५६ को सेतो कुलाल ऐ.स्थित एमाले पार्टी कार्यालयको नयाँ बन्दै गरेको भवनमा मृत्त अवस्थामा रहेको भनि स्थानीयहरुले टेलिफोन मार्फत खवर गरे पश्चात प्रहरी नायव उपरीक्षक नरेन्द चन्दको कमाण्डमा ५ जनाको टोली खटिगई आवश्यक अनुसन्धान भई रहेकोमा ऐ.१४:१० बजेको समयमा घटनास्थबाट ५०० मिटर पुर्व पदम प्रसाद आचार्यको गाई गोठमा रगतमा लतपतिएको जुत्ता छ भनि निज पदम प्रसाद आचार्यले खवर गरे पश्चात तत्काल प्रहरी टोली पुग्दा जुत्ता लगि भाग्दै गरेको अवस्थामा ऐ.चन्दननाथ नगरपालिका ०१ रानागाउँ वस्ने वर्ष २० को रत्न रावतलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको 

कुटपिट ।
२०७८-०९-१३

ईलाका प्रहरी कार्यालय लेकबेशी सुर्खेत:-मिति २०७८।०९।१२ गते अ.१६;३० बजेको समयमा लेकबेशी नगरपालिका -४ राताटाड भन्ने स्थानमा भारतको उत्तर प्रदेश बाबागंज घर भई हाल छिन्चु सुर्खेतमा बसी कबाड संकलन गर्ने बर्ष अ.६५ को गुषन नाम गरेको ब्यक्तिलाई ऐ.बस्ने मोहन सिह बरालिको छोरा बर्ष अ.१४।१५ को हिमाल बरालीले एक्कासी कुटपिट गरी घाईते बनाएको,घाईतेको प्राथ्मिक स्वास्थय केन्द्र दशरथपुरमा सामान्य उपचार पश्चात थप उपचारको लागि कर्णाली प्रदेश अस्पताल कालागाँउमा उपचार भईरहेको, कुटपिट गर्नेको आमा कौशिला बराली संलग्‍न रहेको, कुटपिट गर्ने ब्तक्तिको खोजी कार्य भइरहेको, प्रहरी टोली खटिगएको । 

ट्याक्टर दुर्घटना भई मानिको मृत्यु ।
२०७८-०९-१२

प्रहरी चौकी बड्की जुम्ला मिति २०७८/०९/१२ गते अं. ०५:३० बजेको समयमा हिमा गाउपालिका ०२ ओदी भन्ने स्थानमा कालिकोट थिर्पुबाट जुम्ला बड्की तर्फ आउदै गरेको क.प्र.०२-००१ त ०२८७ नम्वरको ट्याक्टर आफै अनियन्त्रित भई सडक देखि अं. ३०० मिटर तल खस्न जाँदा ट्याक्टर चालक जिल्ला जुम्ला चन्दननाथ नगरपालिका ०९ तलिउम वस्ने वर्ष अं. ३५/३६ को नानु गिरीको घटनास्थलमा नै मृत्यु भएको सह-चालक जिल्ला कालिकोट पलाता गाउपालिका ०५ खिन वस्ने वर्ष अं. २०/२१ को ऐन बहादुर बमको निधार, हात र मुखमा चोट अवस्था सामान्य उपचारको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला तर्फ ल्याउदै गरेको भनि ०८:३० बजेको समयमा यस चौकीमा खवर प्राप्त हुनासाथ प्रहरी टोली खटिगएको ।  

हराएको व्यक्ति फेला ।
२०७८-०९-०७

अस्थाई प्रहरी पोष्ट तुम्च, हुम्ला:- मिति २०७८।०८।२९ गते राती अन्दाजी २४:०० बजेको समयमा सर्केगार्ड गाँउपालिका -१ नाक्पा खोल्से बस्ने  धनन्जय कामीको छोरा वर्ष १९  को चन्द्रे कामीले मिति २०७८।०८।०५ गते जिल्ला मुगु सोरुकोट गाँउपालिका लिप्रु बस्ने बिर बहादुर मल्लको छोरी वर्ष १८।१९ की सुन्तली मल्ललाई  भगाई ल्याएकोमा निज केटी पक्षका आफन्त अन्दाजी १०/१२ जना आई केटा केटी बस्ने घरको झ्याल ढोका  फोडी  राती नै केटा केटीलाई लगि गएको भन्ने जानकारी स्थानीयले गराए पश्चात विभिन्न प्रहरी कार्यालयबाट प्रहरी टोली खटिगई निरन्तर खोजी कार्य गर्दै जानेक्रममा  आज मिति २०७८।०९।०७ गते अन्दाजी ०८:१५ बजेको समयमा जिल्ला हुम्ला सर्केगार्ड गाँउपालिका -१ जैर बस्ने धनन्जय कामीको छोरा चन्द्रे कामीलाई जिल्ला हुम्ला खार्पुनाथ गाँउपालिका ५ याङ्चु बजारमा हिडीरहेको अवस्थामा गाँउपालिका सुरक्षा बेश क्याम्प खार्पुनाथ हुम्लाबाट खटिएको प्रहरी टोलिले फेला पारी नियन्त्रणमा लिई सदरमुकाम सिमिकोट तर्फ ल्याउदै गरिएको  ।

जीप दुर्घटना हुँदा मानिस घाईते ।
२०७८-०९-०६

प्रहरी चौकी गैडावाज दैलेख आज मिति २०७८।०९।०५ गते अ.२३०० बजे को समयमा महाबु गाउपालिका वडा न. ६ टाकुरी स्थित दैलेख सदरमुकाम देखी गैडावाज तर्फ जादै गरेको on test न.को बोलेरो जिप सडक बाट अ.१० मिटर तल खस्न गई दुर्घटना हुँदा निम्न स्थान बस्ने निम्न ब्यक्ति हरु घाईते भई उपचाको लागि जिल्ला अस्पताल दैलेख तर्फ पठाईएको उक्त स्थानमा प्रहरी टोली खटीगएको चालक कुल बहादुर गुरुङ फरार खोजी कार्य भईरहेको ।निम्न घाईतेहरु :-1=  जिल्ला दैलेख माहाबु गा.पा.६ टाकुरी बस्ने बर्ष ३२ को जय बहादुर सिजाली ढाड र छातीमा चोट अबस्था सिरीयस 2=  ऐ ऐ बस्ने बर्ष अ.२२/२३ को चन्द्रा मगर टाउकोमा चोट अबस्था सिरीयस । 3=  ऐ ऐ बस्ने बर्ष अ.५० को दल बहादुर थापा मगर ढाडमा चोट अवस्था सामान्य। ।4= ऐ ऐ बस्ने बर्ष अ. ४८ को चित्र बहादुर थापा शरीरमा चोट सामान्य । 5=   ऐ ऐ बस्ने बर्ष ४८ को पुर्ण बहादुर सिजाली मुखमा चोट सामान्य । 6=  ऐ ऐ बस्ने बर्ष १७ को डेकेश थापा कुममा चोट सामान्य । 7=  ऐ ऐ बस्ने बर्ष अ. १७ कि दीपा थापा कुममा चोट अवस्था सामान्य । प्र.ह मोहन रावत थप बिवरण-:ऐ ०३:०० बजेको समयमा चन्द्रा मगरलाई थप उपचारको लागि गाडीद्धारा सुर्खेत रिफर गरिएको

अवैध रेडपाण्डाको छाला बरामद ।
२०७८-०८-१७

प्रहरी चौकी सक्ला जाजरकोट:- मिति२०७८/८/१६ गे १६०० समयमा जिल्ला जाजरकोट बारेकोट गाउपालिका - ८ सेपुखोला स्थित कौशीला कटेज एण्ड रेष्टुरेन्टमा जिल्ला जाजरकोट बारेकोट गाउपालिका -३ बस्ने बर्ष ३५ को लोक बहादुर रोकायले रेटपाण्डाको छाला साथमा लिएको छ भने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट र प्रहरीचौकी सक्ला जाजरकोट वाट खटिएको संयुक्त प्रहरी टोलिले  लोक बहादुर रोकाय र निज संगै रहेको ऐ.ऐ वस्ने वर्ष २० को गोरख बहादुर रोकायको शरिर तथा झोला खानतलासी गर्दा निज लोक बहादुर रोकायको साथमा रहेको झोला बाट रेडपाण्डा जस्तो देखिने बन्यजन्तुको पुर्ण आकृतिको छाला थान १ (एक) बरामद गरी निज दुबै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।  

स्यालको आक्रमणबाट मानिस घाईते ।
२०७८-०८-१५

ईलाका प्रहरी कार्यालय चौरजहारी रुकुम पश्चिम मिति २०७८।०९।०१ गते अं.१६:५५ बजेको समयमा चौरजाहरी एयरपोर्ट स्थित ऐ.२ बस्ने चौरजहारी एयरपोर्टको कार्यालय सहयोगी सभावना पुन (क्षेत्री)को छोरा बर्ष ३ को समुनत पुनलाई एयरपोर्ट भित्र चौरमा सुताई आफु कपडा धोईरहेको अबस्थामा जंगली स्याल आई निज समुनत पुनलाई आक्रमण गरीरहेको अबस्थामा एयरपोर्ट सुरक्षार्थ खटिएका प्रहरी जवान झलक गिरीले देखी सोही बालक भएको ठाउमा घई स्याललाई धपाउन खोज्दा स्यालले उल्टै प्रहरी जवानलाई समेत आक्रमण गरी  दाहिने हातको नाडीमा टोकी घाईते बनाई  दुबै जनालाई उपचारको लागी मिसन अस्पातल चौरजहारीमा पठाएको अबस्था सामान्य । ईलाका प्रहरी कार्यालय चौरजहारी रुकुम पश्चिमबाट प्रहरी टोली खटिगई स्थानीय र प्रहरीको सहयोगमा स्याललाई मारेको ।