प्रहरी कार्यालय
कालिकोट,मिति २०८२/०४/२३ गते अन्दाजि ०८:३० बजेको समयमा जिल्ला कालीकोट खाँडाचक्र नगरपालिका १० गोलुवा स्थित जुम्ला सुर्खेत सडक खण्डमा जुम्ला बाट सुर्खेत तर्फ आउदै गरेको क.प्र. ०२००१ ख ०९७६ नम्बरको फोर्स गाडी अनियन्त्रित भई सडकभन्दा अन्दाजि १०० मिटर तल खस्न गई उक्त फोर्समा चालक सहित ७ जना सवारहरू घाईते भएको र घाईतेहरुलाई जिल्ला अस्पताल मान्म कालीकोटमा ल्याई उपचार भईरहेको ।निम्न: १) चालक जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका १ बस्ने बर्ष अन्दाजि ३० को लाल ब. बस्नेत को टाउको, निधारमा चोट अबस्था मध्यम ।२) सहचालक जिल्ला कालीकोट सुभकालिका गाउँपालिका २ बस्ने बर्ष अन्दाजि २१ को प्रकाश शाहीको बाँया आँखा माथि चोट सामान्य ।३) जिल्ला जुम्ला हिमा गाउँपालिका १ देहारगाँउ बस्ने बर्ष अन्दाजि २८ को रबिन परियारको बाहिरी चोट नदेखिएको अबस्था मध्यम ।४) ऐ.ऐ. बस्ने बर्ष अन्दाजि १६ की अबिगेल परियारको निधारमा चोट अबस्था मध्यम ।५) जिल्ला जुम्ला हिमा गाउँपालिका १ देहारगाँउ बस्ने बर्ष अन्दाजि २५ की गंगा परियारको टाउको,निधारमा चोट अबस्था मध्यम ।६) जिल्ला जुम्ला हिमा गाउँपालिका १ देहारगाँउ बस्ने बर्ष अन्दाजि २८ को रबिन परियारको छोरा बर्ष अन्दाजि ५ को सुमन परियारको बाँया कोखामा चोट सामान्य । ७) जिल्ला कालीकोट तिलागुफा नगरपालिका ६ बस्ने बर्ष २० को प्रकाश शाहीको दुबै खुट्टा भाचिएको अबस्था सिरियस ।
सुर्खेत, मिति २०८२।०३।१९ गते अन्दाजी १६:४० बजेको समयमा जिल्ला सुर्खेत लेकबेशी नगरपालिका वडा नं.१० बडीपाटी स्थित लागुऔषध नियन्त्रण शाखा कार्यालय, सुर्खेत र जिल्ला प्रहरी कार्यालय, सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले शंका लागी चेकजाँच गर्ने क्रममा जिल्ला सुर्खेत लेकबेशी नगरपालिका वडा नं.१० बडीपाटी स्थित आफन्त घरमा बसेका जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. ३ बस्ने बर्ष २१ को नबिन रावल र जिल्ला सुर्खेत लेकबेशी नगरपालिका वडा नं.१० बडीपाटी बस्ने बर्ष २५ को रुपेश भण्डारीको साथबाट नापतौल गर्दा शुद्ध तौल १ ग्राम १४० मिलि ग्राम लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित निज दुई जनालाई नियन्त्रणमा आवश्यक अनुसन्धान कार्य भैइरहेको ।
रुकुम पश्चिम, मिति २०८२।०४।१९ गते अन्दाजी २२:५० बजेको समयमा जिल्ला रुकुम पश्चिम मुसिकोट नगरपालिका वडा नं. ३ पिपलनेटा स्थित मध्य पहाडी राजमार्गमा खलंगा देखि माझमी तर्फ जादै गरेको रा २ प ६०२८ नं.को मोटरसाइकललाई प्रहरी बिट पिपलनेटा र जिल्ला प्रहरी कार्यालय,रूकुम पश्चिमबाट खटिएको संयुक्त प्रहरी टोलिले संका लागी चेकजाँच गर्ने क्रममा चालक ऐ.ऐ. बस्ने बर्ष अन्दाजी वर्ष २२ को युबराज बि.क.को साथबाट लागु औषध (ब्राउन सुगर )जस्तो देखिने खैरो रङको धुलो पदार्थ नापतौल गर्दा शुद्ध तौल १.४९ ग्राम सहित निजलाई नियन्त्रणमा आवश्यक अनुसन्धान कार्य भैइरहेको ।
मिति २०८२।०४।१७ गते अन्दाजी १८:०० बजेको समयमा जिल्ला जुम्ला चन्दननाथ नगरपालिका वडा नं. १० बोहोरा गाउँ बस्ने वर्ष अन्दाजी २० को टिकराज कामीले लागूऔषध लुकाई छिपाई राखेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, जुम्लाबाट खटिएको प्रहरी टोलीले निज टिकराज कामी सुत्ने कोठाको खाट मुनि रातो पलाष्टिकले बेरी राखेको लागु औषध (ब्राउन सुगर) जस्तो देखिने धुलो पदार्थ फेला पारि नाप तौल गर्दा शुद्ध ४ ग्राम ४९० सहित सहित निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
सुर्खेत ,मिति २०८२।०४।१२ गते अन्दाजि ११:०० बजेको समयमा जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. ८ नगरपालिकाको कार्यालय नजिक बाट कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेत र जिल्ला प्रहरी कार्यालय, सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले सम्मानित उच्च अदालत तुल्सिपुर, दाङको मिति २०८०।०३।०५ गतेको फैसला आदेशले १५ बर्ष कैद र रु. ५,००,०००।– (पाँच लाख मात्र) जरिवाना तोकेको लागुऔषध (ब्राउन सुगर) मुद्दाको फरार प्रदिबादी जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ बस्ने बर्ष ४२ को लक्ष्माण सापकोटालाई पक्राउ गरि उल्लेखित कैद र जरिवाना असुल उपरको लागी जिल्ला प्रहरी कार्यालय, सुर्खेत मार्फत सम्मानित सुर्खेत जिल्ला अदालत, सुर्खेतमा बुझाइएको ।
सुर्खेत ।मिति २०८२।०४।०९ गते अन्दाजि १०:४५ बजेको समयमा जिल्ला सुर्खेत बिरेन्द्रनगर नगरपालिका वडा नं. १२ नेवारे स्थित ऐ.ऐ.बस्ने बर्ष अन्दाजि ५५ को धनिराम आचार्य र निजको श्रीमती बर्ष अन्दाजी ५० की धन कुमारी उपाध्याय आफ्नै घरमा घाँस काट्ने बिद्युतिय मेसिनद्धारा घाँस टुकार्दै गर्दा बिद्युतको तारबाट करेन्ट लागी घाइते भइ उपचारको लागी प्रदेश अस्पताल कालागाँउ सुर्खेतमा पठाएकोमा २०८२।०४।०९ गते ११:१५ बजेको समयमा उपचारको क्रममा दुबै जनाको मृत्यु भएको ।
सुर्खेत ,मिति २०८२।०४।०८ गते अन्दाजि २०:५० बजेको समयमा जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. ०४ एरीचोक नजिक जिल्ला प्रहरि कार्यालय, सुर्खेत र लागुऔषध नियन्त्रण शाखा कार्यालय, सुर्खेतबाट खटिएका संयुक्त प्रहरी टोलीले गोप्य सूचनाको आधारमा चेकजाँच गर्दा जिल्ला सुर्खेत विरेन्द्रनगर नगरपालिका वडा नं. ३ बस्ने बर्ष २१ को ध्वनिल मल्लको साथबाट नाईट्राजेपाम ११ पत्तामा ९५ वटा ट्याव्लेट र जिल्ला सुर्खेत विरेन्द्रनगर नगरपालिका वडा नं. ०४ बस्ने बर्ष २९ को कमल कार्कीको साथबाट नाईट्राजेपाम १५ पत्तामा १४८ गरी जम्मा २६ पत्तामा २४३ ट्याव्लेट सहित निजहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
सुर्खेत, मिति २०८२/०४/०५ गते जिल्ला सुर्खेत गुर्भाकोट नगरपालिका वडा नं. ०८ मेहेलकुना बजार स्थित प्रहरी चौकी मेहेलकुना सुर्खेतबाट खटिएको प्रहरी टोलिले जिल्ला सुर्खेत गुर्भाकोट नगरपालिका वडा नं. ०७ बस्ने वर्ष २६ को अविशेक बादी र ऐ. नगरपालिका वडा नं. ०८ मेहलकुना बस्ने वर्ष २७ को सोमराज पाण्डेलाई शंका लागि चेकजाँच गर्दा अविशेक बादीको साथबाट लागु औषध ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ १ पुरिया नापतौल गर्दा शुद्ध तौल १५० मिलिग्राम र सोमराज पाण्डेको घरको सुत्ने कोठा बाट लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ ७ पुरिया नापतौल गर्दा शुद्ध तौल ५०० मिलिग्राम र Medley (Restorage) ट्याब्लेट - १२ वटा, Spasmo -५ वटा ट्याब्लेट, Nitcor-10 - ५ वटा ट्याबलेट सहित निजहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
सुर्खेत, मिति २०८२/०४/०५ गते गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय छिन्चु, सुर्खेतबाट खटिएको प्रहरी टोलीले जिल्ला सुर्खेत गुर्भाकोट नगरपालिका वडा नं. १४ स्थित भर्लेनी बस्ने बर्ष ३४ को टोपेन्द्र घर्तीको घरको सुत्ने कोठामा खानतलासी गर्दा लुकाई छिपाई राखेको लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ प्लाष्टिकमा राखेको नापतौल गर्दा शुद्ध तौल १५० मिलिग्राम सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
सुर्खेत ,मिती २०८२।०४।०१ गते जिल्ला सुर्खेत बिरेन्द्रनगर नगरपालिकाका वडा नं. ८ स्थित वडा एरियामा ठुलो मात्रामा लागुऔषध तथा हतियार रहेको भनि प्राप्त सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, सुर्खेतबाट खटिएको प्रहरी टोली अन्दाजी २१:०० बजेको समयमा जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालीका वडा नं ८ कृष्णमन्दिर स्थित ऐ.ऐ. बस्ने वर्ष अन्दाजी २३ को बिधान शाहीको घरमा निज बिधान शाही र ऐ.ऐ.बस्ने बर्ष २२ को आदित्य घिमिरेलाई शंकास्पद अवस्थामा फेलापारी निज बिधान शाहीको घर कोठाको खानतलासी गर्दा उक्त कोठामा लुकाइ छिपाइ राखेको निम्न सामानहरू बरामद निजहरुलाई समेत पक्राउ गरी थप अनुसन्धान भई रहेको । बरामद सामान · Type 77 पेस्तोल थान - १ · सो पेस्तोलमा लाग्ने म्यग्जिन थान - २ · गोली राउण्ड – १२· नाईनस्टिक थान - १· विभिन्न घरेलु हातहतियार तथा खरखजाना थान - ११· Tramadol जस्तो देखिने प्रति पत्तामा १० Tablet का दरले ८९ पत्ता र १ पत्तामा ९ Tablet गरी जम्मा - ८९९ वटा Tablet · Nitrazepam जस्तो देखिने प्रति पत्तामा १० Tablet का दरले ३६ पत्ता र १ पत्ता मा ९ Tablet गरी जम्मा - ३६९ वटा Tablet· Nictor जस्तो देखिने प्रति पत्तामा १० Tablet का दरले ३ पत्ता गरी जम्मा - ३० वटा Tablet· SPASMO जस्तो देखिने प्रति पत्तामा ८ Tablet का दरले १६ पत्ता गरी जम्मा - १२८ वटा Tablet · वन्यजन्तु जरायोको जस्तो देखिने ओखेटोपहार (सिङ्ग) थान - १
सुर्खेत,मिति २०८२ साउन १ गते जिल्ला सुर्खेत, भेरीगंगा नगरपालिका -५ बबई स्थित अस्थाई चेकपोष्ट चेकिङमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बिल भर्पाइ नभएको अन्दाजि मूल्य रू.२,८२,२००/- (दुइ लाख बयासी हजार दुइ सय) पर्ने निम्न अवैध सामानहरू बरामद गरेको । निम्नः-१) ठुलो स्कुल झोला :- २७ पिस, २) लेडिज साइट ब्याक ठुलो :- २० पिस,३) लेडिज साइट ब्याक सानो :- ८६ पिस, ४) स्टकोट रेडिमेड:- ७५ पिस, ५) ढाँका टोपी:- ५० पिस, ६) तन्ना :- ३५ पिस, ७) धोती:- ५ पिस, ८) कुर्ता सुरुवाल:- ६४ पिस, ९) कुर्ती:- ५ पिस १०) चिनी:- ५० के.जी.