प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
श्रावण २०८१
लागु औषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०४-३२

सुर्खेत,मिति २०८१।०४।३२ गते अन्दाजी १०;२५ बजेको समयमा जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-६ घण्टाघर लाईन स्थित जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागुऔषध नियन्त्रण शाखा कार्यालय सुर्खेत बाट खटिएको संयुक्त प्रहरी टोलीले लोक बहादुर खड्काको घरमा कोठा भाडामा बस्ने जिल्ला जाजरकोट जुनिचादी गाउपालिका-१३ बस्ने बर्ष २२ को ईलम बस्नेत र जिल्ला दैलेख भगवतीमाई गाउपालिका-३ बस्ने बर्ष २२ को लोमन खड्कालाई शंका लागी चेकजांच गर्ने क्रममा निजहरुको साथ बाट ठुलो १० पोका र सानो ९ पुडिया ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ(नापतौल गर्दा शुद्ध ४ ग्राम १६० मिलिग्राम) र नगद रू १४८००/- सहित नियन्त्रण लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखि थप आवश्यक अनुसन्धान भईरहेको । 

लागु औषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०४-३१

सुर्खेत, मिति २०८१।०४।३१ गते १५;१५ बजे जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० बसपार्क नजिक जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागुऔषध नियन्त्रण शाखा कार्यालय सुर्खेत बाट खटिएको सयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा ऐ.ऐ. बस्ने बर्ष अन्दाजी २४ को महेन्द्र शाहीको साथ बाट १ पुडिया (नापतौल गर्दा शुद्ध तौल ३८० मिलिग्राम) ऐ.२ बस्ने बर्ष २४ को जगत शाहीको साथ बाट ३ पुडिया ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ (नापतौल गर्दा प्लास्टिक सहित ३९० मिलिग्राम) र नगद रू २७५००/- सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखि थप आवश्यक अनुसन्धान भईरहेको ।  

लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०४-३०

जुम्ला, मिति २०८१।०४।३० गते अन्दाजी १७:४० बजेको समयमा जिल्ला जुम्ला चन्दननाथ नगरपालिका-१० बस्ने बर्ष अन्दाजी ३२ को देव प्रसाद न्यौपानेलाई ऐ. चन्दननाथ नगरपालिका-६ बसपार्क नजिकै शंकास्पद रुपमा हिडिरहेको अबस्थामा र ऐ. चन्दननाथ नगरपालिका-९ बस्ने बर्ष २६ को शुशिल हमाललाई निजकै घर वतनबाट जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले निजहरुलाई रितपुर्वक खानतलासी गर्दा निजहरुबाट ब्राउन सुगर जस्तो देखिने लागुऔषध १/१ पुडिया (नापतौल गर्दा १५१ मिलिग्राम) फेला पारि निजलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय जुम्लामा राखि थप आवश्यक अनुसन्धान भईरहेको । 

लागु औषध सहित मानिस नियन्त्रणमा लिएको ।
२०८१-०४-२३

जुम्ला, मिति २०८१।०४।२३ गते अन्दाजी १३:५० बजेको समयमा जिल्ला जुम्ला तिला गाउपालिका वडा न.३ स्थायी वतन भई हाल ऐ. चन्दनाथ नगरपालिका-४ बस्ने बर्ष अन्दाजी २३ को दिपेन्द्र सिंह लाई जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटीईएको प्रहरी टोलीले निजलाई चन्दनाथ नगरपालिका कार्यालय अगाडीबाट शंका लागी चेकजाँज गर्दा निजको साथबाट २ पुरीया लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो प्रदार्थ र निजको कोठामा गई रितपुर्वक खानतलासी गर्दा १६ पुरीया (नापतौल गर्दा जम्मा शुद्ध १ ग्राम) लागुऔषध ब्राउन सुगर बरामद गरी मानिस सहित तल्काल जिल्ला प्रहरी कार्यालय जुम्ला ल्याई थप अनुसन्धान भईरहेको ।

लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०४-२२

सल्यान, मिति २०८१।०४।२२ गते १६;५० बजेको समयमा जिल्ला प्रहरी कार्यालय सल्यान बाट खटी गएको प्रहरी टोलीले जिल्ला सल्यान शारदा नगरपालिका वडा न.८ सिमखर्क स्थित सल्यान सल्लीबजार सडकखण्डमा जिल्ला सल्यान शारदा नगरपालिका वडा न. २ बस्ने वर्ष ३० को विनय बुढाथोकी र ऐ.ऐ. बस्ने बर्ष २७ को सुरज बिश्वकर्मालाई शंकास्पद अवस्थामा हिडीरहेको अवस्थामा फेला पारी निजहरुको शरीर चेकजाँच गर्दा विनय बुढाथोकीले लगाएको ज्याकेटको बायाँ खल्तीमा मेगाश्रीको खाली खोल भित्र हल्का फिक्का सेतो रङ्गको प्लाष्टिक भित्र लागू औषध(खैरो हेरोईन) जस्तो देखिने खैरो धुलो पदार्थ १ पुडिया बेरेर लुकाई छिपाई राखेको अवस्थामा फेला पारी तत्काल मान्यता प्राप्त तराजुमा नापतौल गर्दा कागज सहित २४० मि.ग्रा. र शुद्ध तौल १५० मि.ग्रा.हुन आएको हुँदा उक्त लागू औषध(खैरो हेरोईन) जस्तो देखिने खैरो धुलो पदार्थलाई रितपुर्वक बरामद गरी निज विनय बुढाथोकी र सुरज बिश्वकर्मालाई तत्काल नियन्त्रणमा लिई अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सल्यानमा ल्याई थप अनुसन्धान भईरहेको ।

लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०४-१५

सुर्खेत, जिल्ला सुर्खेत पन्चपुरि नगरपालिका-५ फुर्सेखालि स्थित एक घरमा लागूऔषध सेवन गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बाबियाचौरबाट  प्रहरी टोलि खटिइ जिल्ला सुर्खेत पन्चपुरि नगरपालिका-५ बाबियाचौर बस्ने बर्ष ३८ को प्रेम बहादुर शाहि , ऐ.ऐ.बस्ने बर्ष ३५ को तपेन्द्र कुमार कडेल, ऐ.ऐ. बस्ने बर्ष ३२ को तप्त रावल र ऐ.ऐ.६ बस्ने बर्ष ३८ को प्रमोद बहादुर सलामि ४ जनाको साथ बाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ (नापतौल गर्दा ७७० मिलिग्राम) र नगद रु २१,५००।-( एक्काईस हजार पाँच सय ) फेला पारी बरामद गरी निज ४ जना र निजहरुले प्रयोग गर्ने गरेको भे.७.प.३०७ नम्बरको मोटरसाईकल समेत नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय बाबियाचौरमा ल्याई थप अनुसन्धान भईरहेको । 

लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०४-०६

रूकुम पश्चिम, मिति २०८१।०४।०५ गते राति अन्दाजी २१:०० बजेको समयमा जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिका-१४ छेपारे स्थित डोल्पा भेरी करिडोर सडक खण्डमा रुकुम गोतामकोट बाट नेपालगञ्ज तर्फ जाँदै गरेको चालक जिल्ला सल्यान कुमाख गाउँपालिका-५ बस्ने वर्ष ३२ को मदन प्रकास गिरीले चलाउँदै गरेको भे.१ क १७८० नं.को ट्रकमा अबैध अफिम ओसार पसार गरेको छ भन्ने गोप्य सुचना प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय आठबिसकोट रूकुमपश्चिमबाट तत्काल प्रहरी टोली खटि गई उक्त ट्रक लाई रोकी चेक जाँच गर्दा उक्त ट्रकमा कालो झोला भित्र कालो प्लोथिनले बेरेको ३ वटा पोकामा नापतौल गर्दा ५ के.जी.५४५ ग्राम तौल भएको अबैध अफिम फेला पारी, ट्रक र चालक सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।  

अधिक लोड >>
कम देखाउनुहोस् <<