प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
पौष २०८१
लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०९-२५

सुर्खेत, मिति २०८१।०९।२५ गते अन्दाजी २१;३० बजेको समयमा जिल्ला सुर्खेत बिरेन्द्रनगर न.पा. ११ सुब्बाकुना स्थित चेकपोईन्टमा प्रहरी चौकी सुब्बाकुना सुर्खेतबाट खटिएका प्रहरी र लागुऔषध नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएका संयुक्त प्रहरी टोलिले काठमाण्डौबाट सुर्खेत तर्फ आउदै गरेको क.प्र. ०७४२ न.को बसलाई चेकजाच गर्दा बसमा सवार जिल्ला सुर्खेत बिरेन्द्रनगर न.पा. ९ बस्ने बर्ष ३२ को गगन घिमिरेको साथबाट नापतौल नगरेको लागुऔषध ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ १ पुडिया (नापतौल गर्दा शुद्ध तौल ३ ग्राम २९० मिलिग्राम) बरामद गरी निज गगन घिमिरे समेतलाई नियन्त्रण्मा लिई बरामद जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखि अनुसन्धान भईरहेको ।

लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०९-२५

सुर्खेत, मिति २०८१।०९।२५ गते अन्दाजी ११;३० बजेको समयमा जिल्ला सुर्खेत वीरेन्द्रनगर न.पा.११ सुब्बाकुना स्थित जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएका प्रहरी टोली र लागुऔषध नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएका संयुक्त प्रहरी टोलीले शंकास्पद रुपमा जिल्ला सुर्खेत वीरेन्द्रनगर न.पा.११ बस्ने बर्ष २८ को हर्क बहादुर खनेलको घरमा चेक जाँच गर्दा निज हर्क खनेलको आफु सुत्ने कोठामा रहेको दराजबाट ६ पुडिया र निजको कोठामा संगै बसेका ऐ. बस्ने बर्ष २२ को टेक बहादुर सुनारको साथबाट १४ पुडिया (नापतौल गर्दा शुद्ध तौल २ ग्राम २३० मिलिग्राम) लागुऔषध जस्तो देखिने खैरो धुलो पदार्थ सहित ऐ. बस्ने बर्ष ४२ को शंकर बादी र ऐ. बस्ने बर्ष २२ को राजन दमाईहरु समेत गरी ४ जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको । 

लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०९-१९

सल्यान, मिति २०८१।०९।१९ गते अन्दाजी १६:०० बजेको समयमा जिल्ला सल्यान शारदा नगरपालिका-०२ खंलगा बजार बस्ने वर्ष अन्दाजी २५ को डिजन भन्ने गौरव श्रेष्‍ठले लागु औषध लुकाई छिपाई राखेको भन्ने गोप्य सूचना प्राप्‍त हुँनासाथ जिल्ला प्रहरी कार्यालय सल्यानबाट प्रहरी टोलि खटी गई निजको घरको खानतलासी गर्दा निज सुत्ने कोठाबाट ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ पलास्टिक सहित नापतौल गर्दा ७१० मिलि ग्राम र पलास्टिक बाहेक नापतौल गर्दा ४१० मिलिग्राम र Litrazepam Tablesid लेखेको १४ पत्ता, एउटा पत्तामा २ वटा ट्याप्लेट गरी (१४२ ट्याप्लेट जस्मा १ पत्तामा १० ट्याप्लेट रहेको ) लागु औषध सहित निज डिजन भन्ने गौरव श्रेष्‍ठलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सल्यानको नियन्त्रणमा राखी आवश्यक अनुसन्धान भईरहेको ।

लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०९-१३

जुम्ला, मिति २०८१।०९।१३ गते बिहान ०६:०० बजेको समयमा जिल्ला जुम्ला तातोपानी गाउपालिका-५ को वडा कार्यालय नजिकै हिडिरहेको अवस्थामा ऐ.ऐ.बस्ने बर्ष अन्दाजी २९ को नन्दराम नेपाली, ऐ.ऐ.बस्ने बर्ष अन्दाजी २० को पंकज सार्की र ऐ.ऐ.बस्ने बर्ष अन्दाजी २१ को प्रबेश नेपालीलाई प्रहरी चौकी हाँकु जुम्लाबाट गस्तिमा खटिएको प्रहरी टोलिले निजहरुलाई शंका लागि रोकी चेकजाँच गर्दा निज नन्दराम नेपालीको साथबाट लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ २४ पुडिया (नापतौल गर्दा शुद्ध ७४० मिलिग्राम)  फेला पारी नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय जुम्लाको हिरासत कक्षमा ल्याई राखी आवश्यक अनुसन्धान भइरहेको ।

लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०९-०७

सुर्खेत, मिति २०८१।०९।०७ गते अन्दाजी २०;३० बजेको समयमा जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-८ कुइनेपानी रंगशाला नजिक जिल्ला प्रहरी कार्यालय सुर्खेत र ला.औ.नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएका संयुक्त प्रहरी टोलीले शंकास्पद रुपमा हिडिरहेका जिल्ला बाँके नेपालगंज उपमहानगर पालिका १४ बस्ने बर्ष अन्दाजी २९ कि चन्द्रा राइ र ऐ.ऐ. बस्ने बर्ष २४ कि चादनी राइ लाई चेक जाँच गर्दा निजहरुको साथबाट लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ नाप तौल नगरेको १ पोका बरामद गरी निजहरु लाइ नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भईरहेको ।

लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०९-०६

जुम्ला, मिति २०८१।०९।०६ गते १६:५० बजेको समयमा जिल्ला जुम्ला तातोपानी गाउपालिका वडा न.६ धौलापानी नजिकै सार्वजनिक सडक खण्डमा हिडिरहेका ऐ.ऐ. बस्ने बर्ष अन्दाजी १८ को रोशन कठायत र ऐ.ऐ.बस्ने बर्ष अन्दाजी १९ को सुरेन्द्र डाँगीलाई जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलिले निजहरुलाई शंका लागी रोकी चेकजाँच गर्दा निज सुरेन्द्र डाँगीको साथबाट लागुऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ नापतौल गर्दा शुद्ध (८० मिलिग्राम) रहेको र मिति २०८१।०९।०७ गते १४:२० बजेको समयमा रोशन कठायतलाई थप प्रारम्भीक अनुसन्धान गर्दै जाने क्रममा चन्दननाथ नगरपालिका वडा न.७ मिचा नजिकै लुकाई छिपाई राखेको (१ पुडीया ) लागुऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पर्दाथ नापतौल गर्दा प्लाष्टिक सहित ७५० मिलिग्राम फेला पारी यस कार्यालयमा ल्याई दुबै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको ।

अवैध सामान बरामद गरिएको ।
२०८१-०९-०४

सुर्खेत, मिति २०८१/०९/०४ गते २१:०० बजेको समयमा जिल्ला सुर्खेत बिरेन्द्रनगर नगरपालिका-११ सुब्बाकुना चेकपोष्ट स्थित चेकिङ डियुटीमा खटिएका प्रहरी टोलीले सवारी साधन चेकजाच गर्ने क्रममा नेपालगंज देखि सुर्खेत तर्फ आउदै गरेको क.प्र.०२००१ ख १०६७ न.को ई.भि.गाडीमा ३२ पिस ऊनिको लेडिज कुर्ता सुरुवाल अन्दाजी मुल्य रु ११२,०००।–(एक लाख बाह्र हजार ) र चिनी ५० के.जी.अ.मुल्य रु ६०००।– ( छ हजार) गरी जम्मा मुल्य रु ११८,०००।– ( एक लाख अठार हजार ) बराबरको बिल भरपाइ नभएको अवैध सामान बरामद गरी प्रहरी चौकी सुब्बाकुनामा ल्याइ राखि गाडी गन्तब्य स्थान तर्फ छोडिएको ।

फरार प्रतिवादी पक्राउ ।
२०८१-०९-०३

सल्यान, मिति २०८१।०९।०३ गते अन्दाजी १०:०० बजेको समयमा जिल्ला सल्यान सम्मानित जिल्ला अदालतबाट आपराधिक उपद्रव गर्न नहुने मुद्दामा लगत न. ७१-०८१-००००७ मिति २०८१।०५।१२ गते को फैसला आदेशले जनही एक महिना १५ दिन कैद र रु ५०००।– (अक्षरुपी पाँच हजार रुपैया) जरीवाना तोकिएका जिल्ला सल्यान बागचौर नगरपालिका-७ बस्ने बर्ष २९ को टिकाराम वली, ऐ. ऐ. बस्ने बर्ष २३ को भुम प्रसाद वली, ऐ.ऐ. बस्ने बर्ष ३२ को झक्कु प्रसाद वली र ऐ.ऐ. बस्ने बर्ष १९ को भुपेन्द्र प्रकाश वली फरार प्रतिवादिहरुलाई इलाका प्रहरी कार्यालय थारमारेबाट खटिएको प्रहरी टोलीले निजको घर वतन बाट पक्राउ गरी जिल्ला अदालत सल्यानमा बुझाएको ।

अधिक लोड >>
कम देखाउनुहोस् <<