प्रहरी कार्यालय
सुर्खेत, मिति २०८१।०८।२९ गते अन्दाजी २०;०० बजेको समयमा जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० पिपिरा स्थित प्रहरी चौकि सुब्बाकुनाबाट खटिएका प्रहरी टोलीले शंकास्पद रुपमा हिडिरहेका ऐ.बस्ने बर्ष १८ को रोसन सुनार लाई चेकजाँच गर्दा निजको साथ बाट लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ नाप तौल नगरेको २ पुडिया सहित नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय सुर्खेतमा लिई आवश्यक अनुसन्धान भइरहेको ।
सुर्खेत,मिति २०८१\०८\२७ गते अन्दाजी १७;०० बजेको समयमा जिल्ला सुर्खेत भेरी गंगा नगरपालिका-०५ बबई चेक पोस्ट स्थित रत्न राजमार्ग सडक खण्ड अन्तरगत नेपालगंजबाट सुर्खेत तर्फ आउदै गरेको क.प्र ०६३९ नं फोर्स गाडिलाई अस्थाई प्रहरी पोस्ट बबईको चेकिङ प्रहरी टोली चेक जाँच गर्ने क्रममा बिल भरपाइ नभएको अबैध सामान १३७ पिस ज्याकेट अन्दाजी मुल्य रु १६४४००।- ( एक लाख चौसठि हजार चार सय) बराबरको बरामद गरि नियन्त्रणमा लिई गाडि गन्तब्य स्थान छोडेको ।
दैलेख, मिति २०८१।०८।२६ गते अन्दाजी १९: ०० बजेको समयमा जिल्ला दैलेख दुल्लु नगरपालिका वडा नं. ५ बस्ने बर्ष ४१ की कमला सुनारको जाहेरीले सम्मानित जिल्ला अदालत दैलेखको मिति २०८१।०८।१९ गतेको आदेशले चालु मुद्धाको पक्राउ पुर्जी जारी भईकी बैकीङ कसुर मुद्धाकी प्रतिबादी दुल्लु नगरपालीका वडा नं. ७ बस्ने बर्ष ४५ की बिष्णा दानी पोख्रेललाई आफ्नै घरमा लुकीछिपी बसेको छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दुल्लुबाट खटिएको प्रहरी टोलिले निजलाई नियन्त्रणमा लिई पक्राउ गरी सम्मानित दैलेख जिल्ला अदालत बुझाईएको ।
सुर्खेत,मिति२०८१/०८/२५ गते अन्दाजी २१:१५ बजेको समयमा जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-१२ छिन्चु बजार नजिक रत्न राजमार्गमा नेपालगंज देखि सुर्खेत तर्फ आउदै गरेको क.प्र०२००१ज०६९१ नं.को फोर्स गाडिलाई इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरी टोलीले चेकजाचँ गर्ने क्रममा जिल्ला दैलेख ढुङ्गेश्चर गाउपालिका-०३ बस्ने धन बहादुर रावतको छोरा बर्ष १८ को लोचन रावल र जिल्ला सुर्खेत बिरेन्द्रनगर नगरपालिका-०३ तातोपानि बस्ने बर्ष २४ को बिकास के.सीको साथबाट ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ ३ पुडिया (नाप तौल गर्दा १ग्राम ४४० मलिग्राम) बरामद गरी निजहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
सुर्खेत, मिति २०८१।०८।२४ गते १२:३० बजेको समयमा सम्मानित जिल्ला अदालत सुर्खेतको लगत नम्बर ७८-०७९-००१११ मिति २०७८/१०/०६ गतेको फैसलाले रु ३७,९५३।-(अक्षेरेपि सइतिस हजार नौ सय तिरपन्न रुपैया)बिगो तोकेको " अवैध साल जात रुख कटान गरेको " मुद्धाको फरार प्रतिबादी जिल्ला सुर्खेत पञ्चपुरी नगरपालिका वडा नं.११ बस्ने वर्ष २६ को रमेश कवरलाई इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतबाट खटिएको प्रहरी टोलीले निजलाई निजको घरबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित जिल्ला अदालत सुर्खेतमा पठाइएको ।
सुर्खेत, मिति २०८१/८/२४ गते ११:३० बजेको समयमा जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-५ चेकपोष्ट स्थित चेकिङ डियुटीमा खटिएका प्रहरी टोलीले सवारी साधन चेकजाच गर्ने क्रममा नेपालगंज देखि सुर्खेत तर्फ जादै गरेको भे१ख ३१३२ नम्वरको फोर्स गाडीमा ४ बोरा सुपर पावर सुर्ती अन्दाजी मुल्य ४५०००।–(पैतालिस हजार ) बराबरको बिल भरपाइ नभएको अवैध सामान बरामद गरी अस्थाई प्रहरी पोष्ट बबईमा ल्याइ राखिएको गाडी गन्तब्य स्थान तर्फ छोडिएको ।
सुर्खेत, मिति २०८१।०८।२३ गते १७;०० बजेको समयमा जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-२ खोलि गाउँ स्थित जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरी टोली र लागुऔषध ब्युरो नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएका सयुक्त प्रहरी टोलीले ऐ.ऐ.बस्ने बर्ष २९ को बिशाल थापालाई गोप्य सूचनाको आधारमा निजको घर खानतलासी गर्दा निजको कोठामा लुकाइ छिपाइ राखेको अवस्थामा लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ पोका १० पुडिया (नाप तौल गर्दा शुद्ध तौल १ ग्राम २९० मिलिग्राम) लागुऔषध सहित निजलाई निजको घरबाट नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भइ रहेको ।
सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० चौखेढुङगा स्थित सडक खण्डमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट र लागूऔषध ब्युरो नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले ऐ.ऐ.४ बस्ने बर्ष २७ को निशान्त खत्री र ऐ.ऐ.बस्ने बर्ष २५ को राजन गिदेललाई खानतलासी गर्ने क्रममा निज राजन गिदेलको साथबाट लुकाइ छिपाइ राखेको अवस्थामा लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ नाप तौल नभएको १ पोका (नापतौल गर्दा तौल ५ ग्राम ५२ मिलिग्राम लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भईरहेको ।
सल्यान, सम्मानित जिल्ला अदालत सल्यानको मिति २०८०।१२।२२ गते को फैसला आदेशले लगत नं. ७१-०८०-०००१२२,१२३ को चेक अनादर मुद्दाको फरार प्रतिवादी जिल्ला सल्यान शारदा नगरपालिका-१ सितलपाटी बस्ने बर्ष ५१ को बरे खत्री लाई मिति २०८१।०८। १६ गते अ. १२:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिईएको प्रहरी टोलिले पक्राउ गरी आवश्यक कारवाहीको लागी सम्मानित जिल्ला अदालत सल्यानमा पेश गरिएको ।
सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-३ मुलपानी स्थित जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोली र लागूऔषध ब्युरो नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले जिल्ला दैलेख गुरास गाउँपालिका-७ बस्ने बर्ष २२ को बखत बि.क. बाटोमा हिडिरहेको अवस्थामा शंका लागी चेक जाँच गर्दा निजको साथ बाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ २१ पुडिया नाप तौल गर्दा (१ ग्राम ९९० मिलिग्राम ) फेला पारी निज संगै साथमा रहेको ऐ.चामुण्डा बिन्द्रासैनी नगरपालिका-९ बस्ने बर्ष ३६ को लोकेन्द्र थापालाई समेत नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भईरहेको ।
सम्मानित जिल्ला अदालत सुर्खेतको लागत नं.९७८ मिति २०७५।०५।२० गतेको फैसलाले सवारी ज्यान मुद्धाको १५ दिन कैद सजाय तोकिएको फरार प्रतिवादी जिल्ला दैलेख डुङ्गेश्वर गाउँपालिका-६ बस्ने बर्ष ३० को नबिन बि.क. लाई जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरी टोलिले निजलाई जिल्ला दैलेख नारायण नगरपालिका-१ बाट पक्राउ गरी सम्मानित जिल्ला अदालत दैलेखमा उपस्थित गराईएको ।