प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
माघ २०८१
लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-१०-३०

सुर्खेत, मिति २०८१/१०/३० गते अन्दाजी १५;०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय सुर्खेत र ला.औ. ब्युरो सुर्खेत बाट खटिएको प्रहरी टोलीले जिल्ला सुर्खेत वीरेन्द्रनगर न.पा.१२ नेवारे बस्ने बर्ष ३७ को हिमालय सापकोटाको आफ्नै घरमा निजको साथबाट ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ ७ पुडिया (नापतौल गर्दा शुद्ध तौल २ ग्राम ५५० मिलिग्राम) र  ऐ.१८;०० बजेको समयमा ऐ. बस्ने बर्ष ३२ को शुबाष भट्टको साथबाट ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ २ पुडिया (नापतौल गर्दा शुद्ध तौल ८५० मिलिग्राम) सहित समेत फेला पारी नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।

लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-१०-२८

सुर्खेत, मिति २०८१।१०।२८ गते २१:२० बजेको समयमा जि.सुर्खेत बिरेन्द्रनगर न.पा.११ सुब्बाकुना चेकपोष्ट स्थित प्रहरी चौकी सुब्बाकुना र ला.औ.नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले नेपालगंजबाट सुर्खेत तर्फ आउदै गरेको क.प्र.००१ ज ०६५१ न.को फोर्स गाडीलाई चेकजाँच गर्दा उक्त गाडीमा सवार ऐ.७ बस्ने बर्ष १८ को रोहित परियारको साथबाट लागुऔषध नाईट्रोभेट ट्याबलेट ६ पत्ता र ऐ.४ बस्ने बर्ष २१ को विवेक शाहीको साथबाट लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ २ पुडिया (शुद्ध नापतौल गर्दा ४ ग्राम ५६० मिलिग्राम) फेला पारी बरामद गरी २ जना मानिसलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा लिई आवश्यक अनुसन्धान भईरहेको ।

लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-१०-२४

सुर्खेत, मिति २०८१।१०।२४ गते १३;१५ बजेको समयमा जिल्ला सुर्खेत बिरेन्द्रनगर न.पा.७ शंकरचोक नजिक जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागुऔषध नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएका संयुक्त प्रहरी टोलिले चेकजाच गर्ने क्रममा ऐ.१२ नेवारे बस्ने बर्ष २५ को दिपक कुवरको साथबाट १६ पुरिया र जिल्ला सुर्खेत बराहताल गा.पा. ८ बस्ने बर्ष २३ को डिल बहादुर नेपालीको साथबाट २० पुरिया गरी जम्मा ३६ पुडिया (नापतौल गर्दा शुद्ध तौल ७ ग्राम२९० मिलिग्राम) लागुऔषध ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित २ जना नियन्त्रण्मा लिई आवश्यक अनुसन्धान भइरहेको ।

लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-१०-२२

सुर्खेत, मिति २०८१।१०।२२ गते अन्दाजी १३;१५ बजेको समयमा जिल्ला सुर्खेत वीरेन्द्रनगर न.पा.१० बसपार्क नजिक जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागुऔषध नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा चेकजाँच गर्ने क्रममा जिल्ला बाँकै नेपालगञ्ज उपमहानगरपालिका ११ स्थाई घर भइ हाल बिरेन्द्रनगर न.पा. १० खुमा मल्लको घरमा कोठा भाडा गरी बस्ने बर्ष ४५ को बिप्बी कबाडियाको साथ बाट नाप तौल नभएको १(एक) पुडिया र निजसंग संगै रहेको बि.न.पा. ११ बस्ने बर्ष ३४ को गंगे सुनारको साथबाट १(एक) पुडिया ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ सहित दुबै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको ।

फरार प्रतिवादी पक्राउ ।
२०८१-१०-१३

जाजरकोट, मिति २०८१।१०।१२ गते अन्दाजी २०:०० बजेको समयमा जिल्ला जाजरकोट साबिकको रग्दा गा.बि.स.वडा नं.२ हाल नलगार्ड न.पा.९ तात्रा माईती घर बस्ने बर्ष ५४ की पिउसरी बि.क.भन्ने आशा कामी लाई मानब बेचबिखन तथा ओसार-पसार मुद्दामा सम्मानित जिल्ला अदालत जाजरकोटको मिति २०७४।११।२१ गतेको फैसल्ला आदेशले ४ बर्ष कैद सजाय भई भागी फरार रहेकी लगत नं.७५ की निज प्रतिबादी आफ्नै माइती घर वतनमा लुकीछिपी बसेको अबस्थामा इलाका प्रहरी कार्यालय रग्दा जाजरकोटबाट खटिएको प्रहरी टोलीले निज प्रतिबादीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय जाजरकोटमा ल्याई सम्मानित जिल्ला अदालत जाजरकोटमा बुझाइएको ।

फरार प्रतिवादी पक्राउ ।
२०८१-१०-१३

जुम्ला, मिति २०८१।१०।१३ गते अन्दाजी १३:३० बजेको समयमा जिल्ला जुम्ला गुठिचौर गाउपालिका ३ बस्ने ओम बहादुर बुढाको छोरा वर्ष अन्दाजी २१ को डाँका चोरी मुद्दामा सम्मानित जुम्ला जिल्ला अदालत जुम्लाको लागत नं ४९७ मिति २०८०।०८।२४ गतेको फैसलानुसार ३ वर्ष ४ महिना कैद र रु ३३,३३४ जरिवाना तोकिएको फरार प्रतिवादी हिमाल बुढालाई प्रहरी चौकि झारज्वालावाट खटिएको प्रहरी टोलिले जिल्ला जुम्ला चन्दननाथ नगरपालिका वडा नं ५ कृष्ण मन्दिर स्थित सडक खण्डमा हिडिरहेको अवस्थामा फेला पारी पक्राउ गरी यस कार्यालयमा ल्याई सम्मानित जुम्ला जिल्ला अदालत बुझाइएको । 

लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-१०-०९

सुर्खेत, मिति २०८१।१०।०९ गते १४;४० बजेको समयमा जिल्ला सुर्खेत बिरेन्द्रनगर न.पा.२ टेम्पुपार्क स्थित लागुऔषध कारोबार भईरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागुऔषध नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएका संयुक्त प्रहरी टोलिले जिल्ला सुर्खेत बिरेन्द्रनगर न.पा.२ बस्ने बर्ष २८ को महेन्द्र रावतको घर खानतलासि गर्दा निजको साथबाट ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ नापतौल नगरेको २ पोका (नापतौल गर्दा शुद्ध तौल १ ग्राम २२ मिलिग्राम)  लागुऔषध फेला पारी बरामद गरी संगै बसेका ऐ बस्ने बर्ष २२ को सन्तोस रावत ,ऐ बराहताल गा.पा. २ बस्ने बर्ष २५ को प्रेम सुबेदी सहित जम्मा ३ जना लाई नियन्त्रण्मा लिई आवशयक अनुसन्धान भईरहेको ।

अधिक लोड >>
कम देखाउनुहोस् <<